नवनियुक्त राजदूत आचार्यले लिए राष्ट्रपतिसमक्ष शपथ
३ वर्षs अगाडि
डायस्पोरा नेपाल
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा बुधबार भएको समारोहमा राजदूत आचार्यले शपथ लिएका हुन् । त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् ।