धादिङ नुवाकोट समाज युकेद्वारा गायिका डल्लोकोटीलाई सम्मान
लण्डन । धादिङ नुवाकोट समाज (डिएनएस) युकेले लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीलाई बेलायतमा सम्मान गरेको छ । शनिवार एक समारोहबिच डिएनएस युके अध्यक्ष धनबहादुर पाख्रिनले गायिका डल्लाकोटीलाई खादा ओडाइ सम्मान गरेका हुन् । झण्डै एक महिना अघिदेखि बेलायत भ्रमणमा रहेकी डल्लाकोटी छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ को विजेता हुन् । नेपाली संगीतमा दिएको योगदानलाई कदर गर्दै डल्लाकोटीलाई उनले खादासहित प्रमाणपत्र समेत दिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा उनले ‘नगरकोट दोहोरी साँझ’ को प्रतिनिधित्व गर्दै राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता जिते पछि एकाएक चर्चामा आएकी थिइन् । समकालीन लोकदोहरीमा छुट्टै पहिचान सहित सबैले अत्याधिक रूचाईएकी डल्लाकोटीले बेलायतका बिभिन्न संघसँस्थाले आयोजना गर्ने कार्यक्रममा आफ्नो प्रस्तुती दिइरहेकी छिन् ।
सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपहासचिव रामशरण सिंखडा, सहकोषाध्यक्ष कृष्ण तिमल्सिनालगायत संस्थाका पूर्वअध्यक्षहरु राम बहादुर गुरूङ, बम व्लदेनलगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको संस्थाका महासचिब बुद्धिबहादुर तामाड्गले जानकारी दिए ।
यसैबीच, गायिका डल्लाकोटीको अर्को जोडदार प्रस्तुति आगामी जुलाई ३० शनिबारका दिन डिएनएस युकेले आयोजना गर्ने बार्षिक भेटघाट कार्यक्रममा हुने भएकाले सहभागीका लागि अध्यक्ष पाख्रिनले आव्हान गरेका छन ।