टेनिस खेलाडी इम्मा र्याडकुनालाई पिछा गर्ने नेपाली अमृत मगरलाई पाँच वर्षको प्रतिबन्धात्मक आदेश
एक पिछा गर्ने व्यक्ति जो २३ माइल हिंडेर ब्रिटीस टेनिस स्टार इम्मा र्याडकुनाको लण्डनको घरमा गए, उनलाई पाँच वर्षको प्रतिबन्धात्मक आदेश दिइएको छ ।
पैंतिस वर्षका अमृत मगरले १९ वर्षिय युएस ओपन च्याम्पियनलाई पिछा गरिरहेका थिए, ब्रोम्ली म्याजिस्ट्रेट कोर्टले भनेको छ ।
उनको बुबाले डोरबेल क्यामेराबाट थाहा पाएपछि उनी पक्राउ परेका हुन् । मगर जो ह्यारोको उत्तरी पश्चिम लण्डनका हुन्, लाई इलेक्ट्रोनिक ट्याग लगाउन भनिएको छ । अमृत मगरले पुलिसलाई भनेका छन् कि इम्माको उच्च प्रतिष्ठाको कारण उनीप्रति खिचिएका हुन् ।
पूर्व डेलिभरी चालक विश्व नम्बर १२ को घर जुन ब्रोम्लीको दक्षिण पूर्व लण्डनमा छ, तीन पटक देखा परे, एक पटक अगाडिको बगैंचामा रुखमा क्रिसमस लाइट सजाउँदै गर्दा र प्रवेश द्धारमा गिफ्ट ब्यागमा अन्य सजावटका सामानहरु छोडेको अवस्थामा पनि देखा परे ।
मगर जो मूल रुपमा नेपालका हुन्, उनलाई मिस र्याडुकानुको बुबा इनले भेट्टाएको थिए, जब घरको अगाडि पट्टी रहेका प्रशिक्षक हराएको देखे, त्यसपछि कारमा उनको पिछा गरे ।
मगरले पुलिसलाई भनेको छ कि उनी टेनिस स्टारको उच्च प्रतिष्ठाबाट प्रभावित भएका थिए जब उनले युएस ओपन जितिन् र जुत्ता उनको होला भनेर लिएर हिंडे यो सोंचेर कि उ उसको लागि सोभिनेर हुनेछ ।
मगर इम्मालाई नोभेम्बर १ देखि डिसेम्बर ४ सम्म पछि लागेकोमा दोषि पाइएका छन् । जिल्ला न्यायाधिस सुशिल कुमारले दिएको आदेशमा मगरलाई मिस र्याडुकानु वा उनको अभिभावकलाई सम्पर्क गर्न, कुनै स्पोर्टस् ग्राउण्ड वा स्टेडियममा जान वा उनले गरेको ट्रेनिङ जान पनि प्रतिबन्ध लगाएको छ ।
उसलाई १८ महिनाको समुदायको आदेशको सजाय पनि दिइएको छ जसमा २०० घण्टा निशुल्क काम गर्नुपर्ने, इलेक्ट्रीक ट्यागले मोनिटर गर्ने गरी साँझ ९ बजेदेखि बिहान ६ बजेसम्मको कफर्युको सजाय पनि दिइएको छ ।