टाटाको मेगा सर्भिस क्याम्पको आज समुद्घाटन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आजदेखि  आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ ।  यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका  बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।  त्यसैगरी,  बाँकी ९ वटा उपत्यका बाहिरका  स्थानहरू पोखरा, इटहरी , मेची, वीरगन्ज , ढल्केबार , हेटौडा , सर्रा,  धनगढी , नेपालगन्जमा रहेका छन्।  

यस क्याम्पको उद्घाटन ललितपुरस्थित  बागडोलमा आयोजित एक  समारोहबीच   टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका  (पेसेन्जर भेहिकल ) प्रमुख मायांक बल्दी , सिप्रदी ट्रेडिंगका सीईओ    राजन बाबु श्रेष्ठ , टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान ) अजीत नारायण सिंह, सिप्रदीका सीओओ राजेश प्रसाद गिरी र सिप्रदीका उपादक्ष्य सौरभराज थपलियाले संयुक्त रुपमा गरेका थिए । 

समारोह उपस्थित सम्बद्ध  विशिष्ट अधिकारीहरुलाई टाटा मोटरसका रिजनल कस्टमर केयर  (दक्षिण एसिया ) मेनेजर रंधिर कुमार  चौधरी तथा सिप्रदीका  कस्टमर केयरका  (पेसेन्जर भेहिकल) प्रमुख कुमार भण्डारीले स्वागत गरेका थिए।                 
 
यस तीन दिने क्याम्पमा  टाटाका  “पेसेन्जर” श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक  जाँच गरिदैछ । यस्तो  जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं  अन्य सुविधाहरु प्राप्त गर्नेछन्  ।    
म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमश :  १८, १५ र १८  प्रतिशत छुट लगायत टप वाशिंग , कम्प्युटर डायग्नोसिस ,  सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि  नि: शुल्क प्रदान गरिँदैछ ।   यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको रु .४ हजार नगद फिर्ताको पनि व्यवस्था छ। 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us