जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपाललाई
जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । सोमबार भएको सिरिजको अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले सिरिज आफ्नो बनाएको हो । त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ले जितका लागि दिएको २१४ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर १ बलमा ४ विकेट गुमाउँदै २१४ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । ६१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे
करण केसीले नेपालका लागि २३ औं ओभरको दोस्रो बलमा पाँचौं सफलता दिलाए । उनले जुआवोलाई १६ रनमा क्याच आउट गराए । २८ औं ओभरमो चौथो बलमा रोयो काइ सातौं विकेटको रुपमा रन आउट भए । त्यसपछि ३० औं ओभरमो तेस्रो बलमा बार्ड इभान्सलाई क्याच आउट गर्दै आठौं विकेटको रुपमा क्याच आउट गरे ।
३२ औं ओभरको अन्तिम बलमा किसोरले पाँचौं विकेटको रुपमा बर्नान्डो माटुवालाई एलबीडब्लू आउट गरे । अन्तिम ओभरको पहिलो बलमा करण केसीले लेगा सिकालाई आउट गराए ।
सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै सिरिज जित्यो । दुई टोलीबीचको टी–ट्वान्टी सिरिज बराबरी भएको थियो ।