आइतबार २४ अप्रिलमा शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको  च्यारिटी नाइट

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


अल्डरसट । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले मन्दिर संचालनार्थ कोष खडा गर्न आइतबार २४ अप्रिलमा च्यारिटी डिनर नाईटको आयोजना गरेको छ। मन्दिरका दयालु र सेवामुखी भक्तजनहरुको बिशेष पहलमा किनेर आफ्नै भवनमा संचालन भयको सो मन्दिरलाई प्रभावकारी संचालनका लागि आर्थिक सहयोग जुटाउन च्यारीटी डिनर नाईटको आयोजना गर्न लागेको हो।

बेलायतस्थित नेपाली समुदायले चतुर्मुखी शिवलि ङगको मुर्तिहरु स्थापना गरेका थिए । उक्त मुर्ति स्थापना गरिएको मन्दिरमा सन् २०२१ को बिजयामा ५ जना गुरुहरुद्वारा प्राण प्रतिष्ठा गरी मन्दिर सुचारु गरियको थियो । पाँच जना गुरुहरु नै बेलायतमा रहेको अवस्थामा पुजा गरिएको थियो । करिव ५ लाख पाउण्ड चन्दा संकलन गरि मंन्दिरमा चतुर्मुखी शिवलिड्ग लगायत मुर्तिहरु राखी प्राण प्रतिष्ठा गरी मन्दिर संचालन भै रहेको छ। नियमित संचालन हुने मन्दिरमा अर्थ संकलनका लागि यो च्यारीटी डिनर नाईट आयोजना गर्न लागिएको अध्यक्ष बाचस्पति रेग्मीले बताए । कोरोनाको संक्रमणका समयमा स्वास्थ्य नीतिको अवलम्बन गर्दै संचालन गर्दै हुदै आयको शिव मन्दिरमा दुर्गा पुजा, शिवरात्री पुजा,होली लगायत बिबाह र ब्रतबन्ध समेत हुदै आयको छ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको कार्यसमिती,पेट्रोन र ट्रष्टी समेतको निर्णयले गर्न लागिएको यो च्यारीटी डिनर नाईटले सदस्य बनाउन र मंदिरका बारेमा ब्यापक प्रसार प्रचार हुने कुरा बिश्वास आयोजकको छ।

मोहोडा प्रवेशमा प्यागोडा शैली रहेको शिब मन्दिरमा दर्शन, धार्मिक पुजा, सामाजिक काम गर्न, विवाह ब्रतबन्ध गर्न नेपालीहरु पुग्ने गरेका छन्। मन्दिरको संरक्षण, सॅचालन र सहयोग गर्ने शिव मन्दिर संचालक कार्यसमितीको निर्णय अनुसार च्यारीटी डिनर नाइटद्वारा आर्थिक संकलन गर्न लागेको जानकारी आयोजकले दिएको छ । उक्त च्यारिटि डिनरमा उपस्थित भइै आर्थिक सहयोग गर्न चाहानेको लागि अध्यक्ष रेग्मीले बैक खाता उपलव्ध गराउने छन् ।

बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य प्रमुख आतिथ्यतामा आयोजना गर्न लागिएको च्यारिटि डिनर नाइटको संयोजक संरक्षक पुरन गिरी रहेका छन । उक्त डिनरमा प्रवेशका लागि २५ पाउण्ड प्रवेश शुल्क तोकिएको छ ।नेपाली लोक दोहोरी गायकगायिकाहरुले भरपुर मनोरन्जन गराउने छन ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us