चेन्नई पन्जाबसँग पराजित
३ वर्षs अगाडि
डायस्पोरा नेपाल
चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ । मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनाउन सक्यो ।
पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए । यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए । प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ ।