गोर्खाली समाज युके अध्यक्षमा अशोक ढकाल सर्वसम्मत
लण्डन । गोर्खाली समाज युकेको अध्यक्षमा अशोक ढकाल सर्वसम्मत चयन भएका छन । शनिवार साउथ ह्यारोस्थित फुटबल क्लवमा सम्पन्न समाजको आठौँ अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
निर्वतमान महासचिव रहेका ढकाल अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका मुख्य निर्वाचन आयुक्त भरत रोका, निर्वाचन आयुक्त विष्णु तामाङ, सुरबहादुर घले, शकुन्तला गुरुङ र जगत थापाले घोषणा गरे ।
समाजको वरिष्ठ उपाध्यक्ष हेमकुमार गुरुङ, महिला उपाध्यक्षमा टकमाया गुरुङ र माया गुरुङ मिचेल तथा कोषाध्यक्षमा सागर ढकाल चयन भएका छन् ।
गोर्खा श्रीनाथकोट बाट २००९ मा बेलायत आएका ढकाल विगत १० वर्षदेखि नोर्थोल्ट क्षेत्रमा परिवारका साथ बसोबास गर्दै आईरहेका छन् ।