गैर बेलायती कर्मचारीलाई भिसा फी नलिइने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
Photo: Independent

बेलायतमा विशेष योगदान पु-याउने हजारौं विदेशी व्यक्तिहरुको सम्मानमा बेलायती सरकारले ती व्यक्तिहरु जसले युके आर्मड फोर्समा न्यूनतम ६ वर्ष सेवा गरेका छन् वा बिरामी तथा घाइते भएको कारणले आफ्नो सेवाबाट अवकाश पाएका छन्, उनीहरुको लागि भिसा फी हटाएको छ ।

अहिले सबै गैर युके व्यक्तिहरु जसले सर्भिस छोडेका छन् र युकेमा बस्न चाहन्छन्, उनीहरुले २,३८९ पाउण्ड फी तिर्नुपर्ने हुन्छ । यो फि जो कम्तीमा ६ वर्ष सेवा गरेका छन् वा रोग तथा घाइते भएकोले जसले सेवाबाट अवकाश पाएका छन्, उनीहरुको लागि यो फी माफ गरिएको छ ।

वर्तमानमा विश्वभरिका देश जसमा अष्ट्रेलिया, क्यानडा, फीजी, घाना, भारत, जमैका, नेपाल, न्युजिल्याण्ड, नाइजेरिया, सेन्ट लुसिया र साउथ अफ्रिकाको ९००० भन्दा बढी गैर युके नागरिकहरु छन् जो युकेको आम्र्ड फोर्समा कार्य गरिरहेका छन्, जसमध्ये धेरैजसोले युकेमा उनीहरुको सेवाको समाप्तिपछि अनिश्चितकालीन विदाको लागि निवेदन दिनेवाला छन् ।

सुरक्षा सचिव बेन वालेस र गृह सचिव प्रिती पटेलले लण्डनको ब्रिटीस आर्मी युनिटको सदरमुकाम लण्डन डिस्ट्रीक्टमा भएको परिवर्तनबाट फाइदा दिनको लागि व्यक्तिहरुलाई भेट्दा घोषणा गरेका छन् ।

युकेको आम्र्ड फोर्समा सेवा दिइरहेका वैध गैर युके नागरिकका लागि प्रक्रियामा सुधारतर्फ यो राम्रो कदम हो । युकेको आम्र्ड फोर्समा कार्य गरेका मानिसहरु र तिनीहरुको परिवारलाई युकेमा सेटल हुन र तिनीहरुलाई दिइएको उपलब्ध समर्थन सम्बन्धमा उनीहरु पूर्ण रुपमाा जागरुक छन् र उनीहरुसँग रक्षा मन्त्रालय र गृह कार्यालयले निकटरुपमा कार्य गरेको छ ।

अहिलेको समर्थनमा बित्तिय सल्लाह दिन संयुक्त फोर्स क्रेडिट युनियनसँग कार्य गर्नु, भिसा कस्टको लागि व्यक्तिगत भुक्तानलाई सहयोग गर्न वचत प्याकेज र लोन प्रदान गर्नु पर्दछन् ।

यो वसन्तमा नयाँ नीति कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us