गैरआवासीय नेपाली संघ अध्यक्ष पन्तको एनसीसी युकेलाई रकम दाखिला गर्न अन्तिम पत्र
लण्डन । गैर आवासीय नेपाली संघले राष्ट्रिय समन्वय परिषद, युकेका अध्यक्ष प्रेम गाहा मगरलाई पंजिकृत सदस्यता शुल्कका लागि पत्राचार गरेको छ । २०२१–२३ कार्यकालको लागि राष्ट्रिय समन्वय परिषद् युकेका ११३६३ जना पंजिकृत सदस्यको शुल्क –जम्मा ५८८१५ अमेरिकन डलर० संघको सचिवालयमा पठाउन बारम्बार अनुरोध गर्दा पनि नबुझाएकोले अन्तिम अवसरको रुपमा पत्राचार गरेको हो ।
अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकको निर्णय अनुसार सदस्यता शुल्क मिति २०२२ माघ ६ तारिखसम्म भुक्तानी नगरेको खण्डमा संघको विधानको दफा १७।७ अनुसार प्रेम गाहा नेतृत्वमा रहेको कार्यसमितिको मान्यता स्वतः समाप्त हुने व्यवस्था रहेको र नयाँ कार्यसमितिको निर्वाचनको लागि एक तदर्थ समिति गठन गरिने व्यवस्था छ ।
पत्रमा सदस्यता शुल्क नतिर्नु र उनी नेतृत्वमा रहेको कार्यसमितिलाई भंग नगर्नु पर्ने कारण लिखित रुपमा मिति २०२२ मार्च ५ तारिख ५ बजे (नेपाली समय) सम्म पठाउन पनि पत्रमा अनुरोध गरिएको छ ।