गैरआवासीय नेपाली संघद्धारा भ्रामक समाचार संप्रेषण गर्नेहरुलाई सचेत रहन आग्रह
गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तिब्र रुपमा भैरहेको बताएको छ । यसै सन्दर्भमा संघको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको लागि संघका अध्यक्ष कुमार पन्त अहिले काठमाण्डौंमा सकृय रहेको बताएको छ ।
संघको नयां नेतृत्व चयनको लागि निर्वाचनका अधिकांस प्रकृयाहरु सम्पन्न भएर आगामी २४ र २५ तारिख मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको छ । यसैबीचमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संघको विरुद्धमाा समानान्तर सम्मेलनको आयोजना गरिएको भन्दै भ्रामक पत्राचार गर्ने र बिभिन्न संचार माध्यमलाई गलत सूचना प्रवाह गरेको देखिएकाले त्यस्ता गतिविधि प्रति सचेत रहन् संघका सम्पूर्ण सदस्यहरुलाई अपिल गरेको छ ।
यस्तै लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराइएको छ । संस्थालाई अहित हुने कुनै पनि गतिविधिमा संलग्न भएमा संघको विधान बमोजिम कार्यवाहीको प्रकृया समेत अघि बढाइने जानकारी गराइएको छ ।
संघले विश्वभर छरिएका सम्पूर्ण प्रतिनिधिहरुलाई आगामी मार्च २४ र २५ मा हुने निर्वाचनमा उत्साहपूर्ण सहभागिताको लागि हार्दिक अनुरोध गरेको छ ।