गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न माग

२ वर्षs अगाडि

जीएनएन

blank

काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले गैरआवासीय नेपाली नागरिकता तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छिन्। शनिबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद संग्रौलाले गैरआवासीय नेपालीहरुसँग रहेको सीप, ज्ञान र पूँजी नेपालको विकासमा परिचालन गर्न विशेष कार्यक्रम ल्याउन पनि सुझाव दिइन्।

नागरिकता विधेयक २०७५ साउनदेखि संसद्‌मा विचाराधीन छ। गत मंगलबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले संसद्‌मा विचाराधीन नागरिकता विधेयकलाई प्रक्रियामार्फत् टुंगोमा पुर्‍याउने उल्लेख गरेकी थिइन्। सांसद संग्रौलाले काठमाडौंबाहिर पहिलोपटक भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको उल्लेख गर्दै नेपाल सरकारले गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर आफ्ना सबै दूतावास र महावाणिज्य दूतमार्फत् नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने, भिसा प्रक्रियालाई सहज बनाउने र पर्यटन क्षेत्रका लागि सहुलियत दिने कार्यक्रम ल्याउनु सुझाव दिइन्। उनले महिला तथा युवा सशक्तिकरणका लागि रोजगारमूलक कार्यक्रम ल्याउन र स्यानिटरी प्याडमा लगाएको कर हटाउन पनि माग गरिन्।

‘कृषि क्षेत्रलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा अघि बढाउने तथा उत्पादनमूलक उद्योगको उत्पादन क्षमता बढाएर आर्थिक स्थिति र रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य स्वागतयोग्य छ। आगामी वर्ष थप २२ हजार २०० हेक्टर जमिनमा सिंचाई गर्ने सरकारले लक्ष्य लिएको छ।

त्यस्तै ‘नेपाली उद्योग, नेपालमै रोजगार : आफ्नो उत्पादन, आफ्नै व्यापार’ भन्ने नारालाई व्यवहारमा लागू गर्न पर्याप्त बजेट छुट्याउन म अनुरोध गर्दछु,’ सांसद संग्रौलाले भनिन्। उनले महिला हिंसा तथा बलात्कार जस्ता जघन्य अपराध अहिले पनि जारी छन् भन्दै दोषीलाई सजाय दिन र बलात्कारमा हदम्यादको व्यवस्था परिवर्तन गर्न पनि माग गरिन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us