गैरआवासीय नेपालीहरुले प्रतिक्षा गरेको नागरिकता विधेयक संसदमा पेश गर्ने तयारी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लामो समयदेखि प्रतिक्षा गरिरहेको नागरिकता विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । संसदमा पेश गर्नुअघि गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नागरिकता विधेयकका बारेमा छलफल गरेका हुन् ।
ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा बिहिबार बिहान भएको भेटमा समसामयिक राजनीतिक विषय, सङ्घीय संसद् सञ्चालन र सरकारले संसद्मा पेस गर्न लागेको नागरिकतालगायतका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको भनाइ उद्धृत गर्दै उनको सचिवालेले जनाएको छ ।

प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको छ । यसअघि पनि गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरिसकेका थिए ।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us