किन दिएन भारत सरकारले ममता बेनर्जीलाई कांग्रेस महाधिवेशनमा आउन अनुमति?

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

काठमाडौँ- पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुन नेपाल आउन भारतीय केन्द्र सरकारले अनुमति नदिएको बुझिएको छ।

तृणमुल कांग्रेसकी प्रमुख बेनर्जीले नेपाल आउन भारतीय विदेश मन्त्रालयमा जानकारी गराए पनि उनलाई भ्रमणका लागि स्वीकृति नदिएको बुझिएको छ।

भारतीय विदेश मन्त्रालय स्रोतले क्षेत्रीय दलका रुपमा रहेको तृणमुल कांग्रेसकी नेतृ बेनर्जीलाई नेपाल आउन अनुमति नमिलेको पुष्टि गरेको छ।

यता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेनर्जीलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुन निम्ता पठाएको तर उनले आफू उपस्थित नभई शुभकामना सन्देशमात्र पठाएको जानकारी देशसञ्चारसँग गराए।

तृणमुल कांग्रेसकी नेतृ तथा मुख्यमन्त्री बेनर्जी भारतीय सत्तारुढ दल भाजपाको प्रखर आलोचक रहिआएकी छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us