कार्यभार सम्हाल्न लन्डन आइपुगे नवनियुक्त राजदूत आचार्य

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बेलायत आइपुगेका छन् । कतार एयरको उडानमार्फत् उनी बुधबार बिहान लन्डन हिथ्रो विमानस्थल टर्मिनल ५ मा उत्रिएका हुन । राजदूत आचार्य दम्पतिलाई कार्यवाहक राजदूत रोशन खनाल, बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि माइकल जोन होलोवे, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारसहित दूतावासका कर्मचारीहरुले संयुक्त रुपमा स्वागत गरे ।
आचार्यले बुधबार नै बेलायतका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्यभार सम्हाल्नेछन् । आचार्यको आगमनसंगै पछिल्लो ठीक चार महिनादेखि राजदूतविहिन बनेको लन्डनस्थित नेपाली दूतावासले नयाँ राजदूत पाएको छ ।

गत अक्टोबर २४ तारिखमा तत्कालिन राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएपछि कार्यवाहक राजदूतको रुपमा उपनियोग प्रमुख रोशन खनालले सम्हाल्दै आएकी थिइन् । गत बुधबारल राष्ट्रपति विध्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेकी थिइन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us