ओमिक्रोन भेरियन्ट डेल्टाको तुलनामा कम गम्भीर, अस्पताल भर्ना हुने संख्या दुई तिहाइ कम

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
Photo: Google

सीएनएन । प्रारम्भिक अध्ययनअनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा कम गम्भीर भएको पाइएको छ । डेल्टा भेरियन्टको तुलनामा अस्पताल भर्ना हुने दर पनि कम भएको पाइएको हो ।

यूकेको युनिभर्सिटी अफ एडिनबर्गका खोजकर्ताहरूले गरेको अध्ययनले डेल्टाको तुलनामा ओमिक्रोनको संक्रमणबाट अस्पताल भर्ना हुनेको संख्या दुई तिहाइ कम भएको देखाएको छ ।

यस्तै, अर्को अध्ययनले त झनै डेल्टाको तुलनामा ८० प्रतिशत कम भएको देखाएको छ । तर दक्षिण अफ्रिकामा आधारित अध्ययनले अस्पताल भर्ना भएपछि हुने जोखिममा भने कुनै फरक नभएको जनाएको छ ।

दुवै अध्ययनले प्राथमिक डाटा समावेश गरेका छन् तर वैज्ञानिक रूपमा समीक्षा गरिएको जर्नलमा भने अझै प्रकाशित भएको छैन ।

स्कटल्यान्डको अध्ययनले नोभेम्बर १ देखि डिसेम्बर १९ सम्म २३ हजार आठ सय ४० ओमिक्रोन केस र एक लाख २६ हजार पाँच सय ११ केस समावेश गरेको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us