ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध तत्काल हटाउन आह्वान

३ वर्षs अगाडि

रासस/एएफपी

blank
blank
the independent

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतवार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन् । रामाफोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका हुन् । राष्ट्रपतिले यस प्रतिबन्ध लगाउने कदमको आलोचना गरे । यस प्रतिबन्धको कारण आफू गहिरो रूपमा निराश भएको पनि उनले बताए ।

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण विश्वभरका थुप्रै देशहरुले दक्षिण अफ्रिका र उसका छिमेकीविरुद्ध यात्रा प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, बेलायत , युरोपेली संघलगायत अन्य देशहरू रहेका छन्। दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिएन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ ।

डब्लुएचओले देशहरूले हतारमा यात्रा प्रतिबन्ध लगाएकोबारे सचेत गराउँदै ती देशहरूले निर्णय गर्दा “जोखिम र वैज्ञानिक आधार“ हेर्नुपर्ने बताएको छ । यद्यपि, यो नयाँ भेरिएन्टबारे चिन्ता बढिरहँदा हालैका दिनमा थुप्रै प्रतिबन्धहरू लगाइएका छन। आइतवार रामाफोसाले गर्नु भएको एक भाषणमा यात्रा प्रतिबन्ध लगाउँदा कुनै वैज्ञानिक आधारमा नलगाइएको र दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको बताए । उनले नयाँ भेरिएन्टको फैलावट रोक्नका लागि प्रतिबन्धहरु प्रभावकारी नहुने तर्क पनि गरे ।

यात्रामा लगाइने रोकले गर्ने एउटा मात्रै काम भनेको प्रभावित देशको अर्थतन्त्रलाई थप खराब पार्ने मात्र हो र महामारीविरुद्ध प्रतिक्रिया जनाउने क्षमतालाई कमजोर पार्ने मात्रै हो, उनले भने । उनले यात्रा प्रतिबन्ध लगाएका देशलाई ‘हाम्रो अर्थतन्त्रमा थप हानी पुग्नुअघि आफ्नो निर्णय तत्काल उल्ट्याउन’ आह्वान गरेका छन ।

ओमिक्रोन भेरिअन्टले निम्त्याएको अहिलेको आपतकालीन अवस्थालाई व्याख्या गर्दै रामाफोसाले खोपको असमानताबारे विश्वलाई जागरुक गराएको र सबैलाई खोप नदिइँदासम्म थप भेरिएन्टहरू टार्न नसकिने बताए । ओमिक्रोन अहिले बेलायत, जर्मनी, अस्ट्रेलिया, क्यानाडा, इटाली र इजराइललगायत विश्वका थुप्रै देशमा भेटिएको छ ।

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : विश्व स्वास्थ्य संगठन


यसैबिच, विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरना स्वरुपका बारेमा स्पष्ट नभएको आइतबार जनाएको छ ।

दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालैमात्र यो कोरोना भाइरसको यो नयाँ भेरिएन्ट देखिएको बताइएको छ । यहाँ गएको दुई साता यताका परीक्षणहरुमा यो भेरिएन्टको विकास भएको बताइएको छ । त्यसपछि यो भाइरस दक्षिण अफ्रिकाका अन्य प्रान्तमा पनि देखिएको छ ।ओमिक्रोनलाई यसअघिको डेल्टा भाइरसभन्दा पनि खतरनाक र चिन्ताजनक भेरिएन्ट भनिएको छ । प्रारम्भिक प्रमाणहरूले उक्त भेरिएन्टमा यसअघिका भाइरसहरुमा भन्दा पनि संक्रमणको जोखिम उच्च रहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा यो नयाँ भेरिएन्ट भेटिएको भनिएको सो प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरु भर्ना हुनेहरु बढिरहेको पाइएको बताइएको छ तर पनि यो नयाँ भेरिएन्ट के कति मात्रामा बढी घातक छ भन्ने बारेमा भने अझै अनुसन्धान भइनसकेको जनाएको छ ।
यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको यस भाइरसबारे गत बुधवार विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको थियो ।

सो भेरिएन्ट केही दिनमै विश्वका कैयौँ देशमा फैलिइसहेको बताइएको छ । बेलायतमा पनि यो नयाँ भेरिएन्ट देखिएको बताइएको थियो । त्यस्तै आइतबार यो भेरिएन्ट क्यानाडामा पनि देखिएको बताइएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us