ओएनएफ क्षेत्रीय कमिटी स्कटल्याण्डद्वारा गैरआवासीय नागरिकता बिषयमा अन्तरक्रिया सम्पन्न

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


स्कटल्याण्ड । प्रबासी नेपाली मञ्च (ओएनएफ) युके स्कटल्याण्ड क्षेत्रीय कमिटीले आयोजनामा ूगैरआवासीय नेपाली नागरिकता र पैत्रिक सम्पत्तिू विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ। अधिवक्ता एवं एमाले सांसद कृष्णभक्त पोखरेलको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेता पोख्रेलले गैरआवासीय नेपाली नागरिकताको बिषयमा प्रष्ट पारेका थिए । सरकारले हालै मात्र संघीय संसदबाट गैरआवासीय नेपालीलाई समेट्दै नागरिकता विद्येयक पारित गरेको थियो ।
कार्यक्रममा अतिथिहरुका रुपमा संविधानसभा सदस्य एबम नेकपा एमाले केन्द्रिय सदस्य तारादेबी राई, प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ, प्रबासी नेपाली मञ्च युके अध्यक्ष सुरेन्द्र थपलिया, पुर्र्व अध्यक्षद्वय क।रामशरण सिमखडा र राजेन्द्र पुडासैनी तथा संगठन बिभाग प्रमुख तुङभद्र भुसाललगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ, अध्यक्ष थपलिया, पुर्वअध्यक्षहरु सिम्खडा र पुडासैनीसहित कार्यक्रममा सहभागीहरुले प्रमुख अतिथि पोखरेलसँग अन्तरक्रिया गरेका थिए । कार्यक्रम प्रवासी नेपाली मञ्च स्कटल्याण्ड कमिटीका अध्यक्ष जोनि पहारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सचिब निर्देशन त्रिपाठीले गरेका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us