ओएनअफ युके साउथ इस्ट अध्यक्षमा तिमिल्सिना सर्बसम्मत
लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनअफ) युके साउथ इस्ट क्षेत्रिय कमिटीको अध्यक्षमा अर्काराज तिमिल्सिना सर्बसम्मत छनिएका छन् । मञ्चको पाँचौ अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा राम माया विष्ट,सचिवमा पकंज बजागाईँ, उपसचिवमा राधा खरेल, कोषाध्यक्षमा राजेन्द्र लम्साल र सहकोषाध्यक्षमा जिविका नहर्की छन । सदस्यहरुमा रुकु पाण्डे, अमृत केसी, गीता ईटनी सेडाई, कमल काफ्ले छन् । ३ जना थपि १५ पुर्याउनेछ ।
तिमल्सिना सन् २००७ सालमा उनी सपरिवार सहित बेलायतमा छन ।
एनआरएनएका पूर्व आइसीसी सदस्यको अनुभव सगांलेका तिमिल्सिनाले सवैलाई समेटेर् अघि बढने प्रतिबद्ध्ता जनाए ।
कार्यक्रमको प्रमुख अतिथि प्रबासी नेपाली मञ्चयुरोपका उपाध्यक्ष तथा बेलायत ईन्चाज बिनोद ज्ञवाली थिए भने अध्यक्षता केदार थपलियाले गरे ।
अधिबेशनको विशिष्ट अतिथिमा प्रबासी नेपाली मञ्च युके राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलिया , प्रबासी नेपाली मञ्चयुरोपका सदस्य तथा महिला ईन्चाज कल्पना त्रिपाठी थिइन । अतिथिहरुमा प्रबासी नेपाली मञ्च युके राष्ट्रिय कमिटीका बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख तुङ्ग भद्र भुसाल , उपाध्यक्षहरु दासु पाण्डे , सरस्वति केसी , हरिगोविन्द गुरुङ , पशुपति पोखरेल, उपमहासचिब डा. मुकुन्द बस्तोला आर्थिक बिभाग प्रमुख पुण्य रेग्मी र रोयल बरॊ ग्रीनवीचका काउन्सिलर जित रानाभाट थिए ।
कार्यक्रममा प्रमुख अतिथि बिनोद ज्ञवाली र सभाअध्यक्ष केदार थपलियाले सयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन् गरेका थिए ।
स्वागत मन्तव्य प्रबासी नेपाली मञ्च राष्ट्रिय कमिटीका उपाध्यक्ष दासु पाण्डेले राखेका थिए ।