एमाले बेलायतमा चर्को बिबाद : मताधिकार खोसेर नेतृत्व कब्जा गर्ने भक्त गुरुङको योजना

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

लण्डन । नेकपा एमाले भातृ संगठन प्रवासी नेपाली मंच (ओएनएफ) को सातौ अधिवेशनमा नेतृत्व चयनमा संगठित सदस्यहरुको भोट दिने अधिकार खोसिएपछि बिबादले चर्को रुप लिएको छ । प्रबासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङको योजनामा गत आइतबार बसेको ओएनएफ युके बैठकले संगिठत सदस्यहरुको मताधिकार खोसेपछि विवाद चर्किएको हो । आगामी सेप्टेम्बर ४ मा हुने ओएनएफ युकेको अधिवेशन अल्डरसटमा राखिएको छ ।
प्रवास इन्चार्ज राजन भट्टराईको प्रमुख अतिथ्यतामा सम्पन्न हुन लागेको सातौ अधिवेशनमा निर्वाचन प्रक्रिया रोक्दै आफ्नो अनुकुल नेतृत्व चयन गर्न अन्तरराष्ट्रिय कमिटि अध्यक्ष गुरुङले षड्यन्त्र थालेको स्रोतले जनायो । आफु अध्यक्ष रहेको कमिटिबाट गुरुङले गत जुन २ मा प्रवासी नेपाली मंचको अधिवेशनहरुलाई व्यवस्थित गर्ने सम्बन्धी विशेष निर्देशन जारी गरि एमालेको १० औं महाधिवेशन अघि पार्टी सदस्य नविकरण नगर्नेलाई सदस्य नमान्ने निर्णय गरेका थिए । उक्त निर्देशिकालाई आधार बनाउदै पुर्व अध्यक्ष राजेन्द्र पुडासैनीलगायतका सदस्यहरुलाई मताधिकारबाट बंचित गर्दै एमाले बेलायत कब्जाको नीति अघि बढाएका छन ।
तत्कालिन समयमा एमाले भित्रको तीब्र बिबादका कारण सडकबाटै भक्त गुरुङले कार्यसमिति निर्माण गरि करीव ४ सय सदस्य दावी सहित अध्यक्ष केपी ओली समक्ष पठाएका थिए । जसलाई पार्टीले मान्यता दिएको थियो । करीव ४ सय सदस्य दावी गरेर ओएनएफ युके अध्यक्ष भएका गुरुङ अहिले अन्तरराष्ट्रिय कमिटि अध्यक्ष छन् । हाल ओएनएफ युकेको संगठित सदस्यहरु नयाँ र पुराना गरेर २ सय २ छन ।
सातौ अधिवेशन मार्फत नेतृत्व लिन अध्यक्ष सुरेन्द्र थपलिया, वरिष्ठ उपाध्यक्ष तुंगभद्र भुसाल, अर्का वरिष्ठ उपाध्यक्ष सरस्वती केसी, उपमहासचिब डा. मुकुन्द बास्तोला र नेता रविन्द्र कंडेल अगाडी देखिएका छन । ति मध्ये रविन्द्र कंडेललाई प्रतिस्पर्धामा जान नदिने गरि गुरुङले ओएनएफ युकेबाट निर्णय गराएका छन । गत आइतबारको बैठकले अध्यक्ष मण्डल ९ सदस्यीय गठन गरिएको छ । जसमा भक्त गुरूङ, अन्तरराष्ट्रिय कमिटी सल्लाकार समितीका प्रमुख सन्जय थापा, अन्तरराष्ट्रिय कमिटीका सदस्य कर्णबहादुर शाही, युरोप कमिटी अध्यक्ष गोविन्द पौडेल , युरोप कमिटी उपाध्यक्ष तथा बेलायत इन्चार्ज विनोद ज्ञवाली, युरोप कमिटी सदस्य तथा महिला विभाग प्रमुख कल्पना त्रिपाठी, पूर्व अध्यक्ष अलकल जंग लामा, पूर्व अध्यक्ष दिनेश घिमिरे र पूर्व अध्यक्ष रामशरण सिंखडा छन । निर्वाचन मण्डलमा निर्वाचित पुर्वअध्यक्ष राजेन्द्र पुडासैनीलाई राखिएको छैन् । बैठकले अध्यक्ष मण्डलले नै अध्यक्ष मण्डल भित्रबाटै निर्बाचन समिति गठन गरि नेतृत्व चयनको निर्णय गर्ने जिम्मेवारी तोकिएको छ ।
बैठकपछि महासचिव सुरेश जंग शाहले जारी गरेको आन्तरिक नोटको विविध एजेन्डा तर्फ पूर्व अध्यक्ष राजेन्द्र पुडासैनी लगायतका कमरेडहरूको सम्बन्धमा सम्बोधनका लागि युरोप कमिटी र अन्तरराष्ट्रिय कमिटीमा यस अघि पत्र पठाइसकिएकोले समन्वयका लागि पूर्व अध्यक्ष तथा सल्लाहकार रामशरण कमरेडको नेतृत्वमा पूर्व अध्यक्ष तथा सल्लाहकारहरू कमरेड कर्णबहादुर शाही र कमरेड दिनेश घिमिरे रहेको तीन सदस्यीय कमिटीले युरोप कमिटी र अन्तराष्ट्रीय कमिटीसँग समन्वय गर्ने निर्णय भएको उल्लेख गरिएको छ । जुन निर्णय आफैमा अस्पष्ट छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us