एमालेको १० औं महाधिवेशन : विवादका बिच युरोपबाट ५ जना प्रतिनिधि छानिदै

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मंच यरोपियन क्षेत्रबाट १० औं महाधिवेशनमा ५ जना प्रतिनिधि छानिने भएको छन् । विगतमा हरेक देशबाट एक एक जना र बेलायत तथा बेल्जियमबाट एक महिलासहित दुई दु्ई जना प्रतिनिधि छानेने गरेकोमा १० औं महाधिवेशनमा ५ जना मात्र छानिने भएका हुन् । महाधिवेशनमा दुई महिलासहित ५ जना छानिने छन् ।
एमाले अन्तरराष्ट्रिय प्रवास कमिटिले १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनको कार्यतालिका र अधिकृतको विवरण सार्वजनिक गरेको सुचनामा युरोपमा निर्वाचन हुने उल्लेख छ । १० नोभेम्बरमा जारी गरिएको सुचनामा निर्वाचन कार्यतालिकामा युरोपलाई एकै क्षेत्रमा राख्दै युरोपको निर्वाचन गराउन हङगकङगका भक्त गुरुङलाई ल्याइएको छ । प्रस्तावक भक्त गुरुङले बुधबार जारी गरेको निर्वाचन कार्यतालिकामा एसियाबाट निर्वाचन अधिकृत बनाउने बनाइएको यो पहिलो पटक हो ।

blank

जेठ २  मा फर्कने निर्णय कार्यान्वयन हुनुपर्छ : प्रवासी नेपाली एकता मंच युके अध्यक्ष राजेन्द्र पुडासैनी


तत्कालिन समयमा भक्त गुरुङको अध्यक्षतामा गठन भएको भनिएको कमिटिको कुनै बैधानिकता छैन । पार्टी जेठ २ मा फर्किदा स्वत म अध्यक्ष हुनु पर्नेमा एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले गठन गरेको संरचना जस्ताको तस्तै राखेर अघि बढने काम गलत हो । पार्टीमा जोडदार रुपमा हामीले कुरा उठाउँछौ । वैधानिकता गुमाएको कमिटिले गरेको निर्णयहरुलाई मान्यता दिन सकिदैन । हामी नेतृत्वसँग सल्लाह गरेर थप निर्णय लिनेछौ ।
भक्त गुरुङले गुटगत भेला बोलाएर एक जना आफ्ना गुटका मान्छेलाई अध्यक्ष बनाएको समाचार मैले पत्रपत्रिका मार्फत थाहा पाए । म नेपाल गएको बेला यस्ता गुटगत भेला भएका रहेछन। यस्ता गलत कृयाकलापको हामी भण्डाफोर गर्छौ ।


बिहीबार नोभेम्बर ११ दिउँसो ३ बजे भित्र प्रथम नामावली प्रकाशन र ३ बजेपछि दावी विरोधको समय तोकिएको छ । नोभेम्बर १२ विहान ११ बजे अन्तिम नामावली प्रकाशन, दिउँसो १ बजे उम्मेदवारी दर्ता गरि बेलुकी ८ बजे अन्तिम उम्मेदवारी सुची प्रकाशन गर्ने समय तोकिएको छ । युरोपियन समय अनुसार विहान ११ मतदानको समय तोकिएको छ । सोही दिन राती ११ बजे नतिजा प्रकाशनको समय सीमा राखिएको छ । प्रवास कमिटिहरु मध्ये ओसियानाको निर्वाचन अधिकृतमा चानक पोख्रेल, एशिया प्यासिफिकमा प्रभुराम थापा, गल्फमा रमेश पाण्डे, युरोपमा गुरुङ, अमेरिकाका निर्वाचन अधिकृतमा डा। विमला भण्डारी र अन्तरराष्ट्रिय कमिटिको निर्वाचन अधिकृतमा डा. राजन भट्टराई छन । आगामी नोभेम्बर १६ विहान ११ बजे संगठन विभागमा प्रतिनिधि दर्ताको समय राखिएको छ ।
गत महिना कार्यकर्ता भेला बोलाएर सीमिति व्यक्तिहरुको बैठकमा उपाध्यक्ष सुरेन्द्र थपलियालाई अध्यक्ष पद जिम्मा लगाएर गुरुङ प्रवास कमिटिमा गएका थिए । पार्टी जेठ २ मा प्राविधिक कारणले फर्कन नसकेको पुर्व अध्यक्ष भक्त गुरुङले बताए । एमाले आन्तरिक द्धन्द्धमा फसेको बेला अध्यक्ष केपी ओलीले पार्टीलाई पुर्ववत अवस्था फर्काएर जेठ २का कमिटिलाई सकृय गराउने हस्ताक्षर गरेपनि पछि कार्यान्वयन गरेनन् । जसका कारण ओएनएफ युके अध्यक्ष राजेन्द्र पुडासैनीको कमिटिलाई वाईपास गरि तत्कालिन ओलीले गठन गरेको संरचनालाई नै मान्यता दिएर भक्त गुरुङ अघि बढेका छन । उक्त संरचना अनुसार नै युरोपस्तरीय निर्वाचन हुन लागेको छ ।
ओएनएफ युकेबाट आठौं महाधिवेशनमा उपाध्यक्ष तुंगभद्र भुसाल र पुर्वअध्यक्ष दिनेश घिमिरे प्रतिनिधि भएर गएका थिए । नवौं महाधिवेशनमा पुर्व अध्यक्ष रामशरण सिंखडा र नेतृ शुष्मा राईले भक्त गुरुङ र विमला सेनेलाई पराजित गरि प्रतिनिधित्व गरेका थिए । पुर्व अध्यक्ष गुरुङकै सहयोगमा अध्यक्ष बनेका सुरेन्द्र थपलिया र नेतृ सरस्वती केसीलाई सहमतिमा प्रतिनिधि बनाइने अपेक्षा कार्यकर्ताले गरेका थिए । त्यसवाहेक पुर्व अध्यक्ष लामा, घिमिरे, पुर्वमहासचिव भुसाललगायतका धेरै नेताहरु महाधिवेशन प्रतिनिधि हुन इच्छुक रहेको बताइन्छ ।

एमालेको विधानअनुसार संगठित सदस्य भएको १० बर्ष पुगेपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुन योग्य हुने छ भने महिला र जानजातीको हकमा भने सात बर्षमा योग्य हुने व्यवस्था छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us