एनपीसीसी यूकेको गणतन्त्र दिवस : प्रदेश मंत्री कार्की र एनआरएनए अध्यक्ष कुल आचार्य सम्मानित
लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके)ले नेपालको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई सम्मान गरेको छ । समितिले आइतवार लण्डनमा गणतन्त्र दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमकाबीच दुवैलाई सम्मान गरेको हो । एनआरएनए कार्यकारी अध्यक्ष निर्वाचित भएपछि आचार्यलाई पहिलो पटक सम्मान गरिएको हो । उनी लामो समयदेखि परिवारसहित बसोबास गरिरहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री कार्कीले नेपालमा संघियता सफल हुदै गएको बताए । उनले संघियताको सफलता पछि भारतको गुजराज र बिहार राज्यले गरेको बिकाश र सफलता हेरेर नेपालले पाठ सिक्नु पर्ने तर्क गरे । उनले भारतको विकासमा गैरआवासीय भारतीयहरुको ठूलो भूमिका रहेको बताउंदै गैरआवासीय नेपालीहरुलाई पनि नेपालको बिकाशमा हातेमालो गर्न आग्रह गरे । उनले विदेशबाट पैसा होइन सिप र ज्ञान नेपालमा लैजान समेत आग्रह गरे।
नेपालका दुइ तिहाइ भन्दा बढी राजनीतिक पार्टीका संसदहरुको समर्थनमा बनेको अहिलेको गैरआवासीय नेपाली संघको नेतृत्वलाई नगारिकता निरन्तरताको लागि पहल कदमी गर्न पनि आह्वान गरे उक्त कार्यमा आफ्नो पूर्ण साथ र सहयोग हुने पनि मंत्री कार्कीले दृढता ब्यक्त गरे। मन्त्री कार्कीले एनआरएनहरुले बिदेशमा सिकेको बिकासको मोडेल, गुड गभर्नेन्स , सिप , अनुभब सबैकुरा नेपालमा लान समेत आग्रह गरे।
नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला लगायतका नेताहरुले छिमेकी रास्ट्र भारतको शिक्षाले नेपालमा प्रजातन्त्र आएको उदाहरण दिदै समुन्द्रपारीको देश बेलायत लगायतका देशबाट बिकाश र समृद्धी नेपाल लान सबैमा आग्रह समेत गरे।
कार्यक्रममा आचार्यले सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याएका नयां प्रावधानहरु गैरआवासीय नेपालीहरुको हितमा रहेको बताए । उनले सरकारले ल्याएको खुल्ला नीतिका कारणले अब देखि विदेशी नागरिकले समेत नेपालमा फल्याट किन्न सक्ने कानुन बनेको बताए ।
सरकारले आइतवार प्रस्तुत गरेको बजेटमा गैरआवासीय नेपालीहरुको लागि एक दर्जन भन्दा बढी सुविधाहरु घोषणा गरेको प्रति आचार्य स्वागत गरे । उनले गैरआवासीय नेपाली संघसँस्था ठूलो भएको कारणले वेलावेलामा समस्या देखिए पनि राष्ट्रको समृद्धिको लागि एक भएर अघि बढ्न आब्हान गरे । उनले संसदको चालु अधिवेशनबाट एनआरएनए नागरिकता पारित हुनेमा विश्वास गर्दै यदि यो संसदले टुंग्लो लगाउन नसके अध्यायदेशको विकल्पमा जानु पर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका पूर्वसल्लाहकार एबम कांग्रेस नेता विश्वआर्दश पण्डितले नेपाली कांग्रेस सत्तामा आए पछि मात्र स्थानीय निकायहरु बलियो हुने तर्क गर्दै ठूलो चुनौतिकाबीच सरकारले स्थानीय निर्वाचन गर्न सफल भएको बताए । उनले निर्वाचनसंगै युवाहरुको आगमनले नेपाली राजनीतिमा चुनौति थपिएको बताए । उनले गैरआवासीय नेपालीहरु फुट्न हुन्न भन्ने न्युनतम आधार मानेरनै संघको गत १० औं महाधिवेशनबाट सहमतिबाट नेतृत्व चयन गरिएको बताए ।
समितिका सभापति युवराज गुरुङको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा महामन्त्री रोमियन लिम्बुले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् भने कार्यबाहक सभापति समेत भैसकेका कांग्रेश महाधिबेशन प्रतिनिधि महेश दाहालले धन्यबाद ब्यक्त गरेका थिए।
काउन्सिलर समेत रहेका समितिका उपसभापति प्रवेश केसी, नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपीन निरौला लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेकी पूर्वउपाध्यक्ष रोजिना प्रधान राई, गोर्खाअभियन्ता सूर्य नेग्वाङ लगायत जनसम्पर्क समिति बेलायतका पदाधिकारीहरुको उपस्थिती थियो ।
कार्यक्रमको संचालन महामन्त्री कुश बस्नेतले गरेका थिए।