एनआरएनए साउदीको अधिवेशन बदरको माग गर्दै परराष्ट्रमा उजुरी
काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) साउदी अरबको हालै सम्पन्न राष्ट्रिय अधिवेशन र त्यस पूर्व भएका क्षेत्रिय तथा राष्ट्रिय समितिका अधिवेशनमा विधान तथा नियामावली उल्लंघन गर्नुका साथै चरम धाँधली गरेको भन्दै त्यसलाई बदर गर्न माग गरी परराष्ट्र मन्त्रालयमा उजुरी दिईएको छ ।
एनआरएनए साउदी अरबका पूर्व अध्यक्ष तथा आइसी सदस्य धरम केसीद्वारा उक्त उजुरी दिएका हुन। उनले ‘अवैध क्रियाकलाप बदर गरि विधानको परिपालनाकालागि नियमन गरिदिनुहुन’ भन्ने शिर्षकमा परराष्ट्र मन्त्रालयमा उजुरि हालेका हुन् । उनको उजुरी पत्रमा ‘गैर आवासिय नेपाली संघ (एनआरएनए) साउदी अरबको हालै सम्पन्न राष्ट्रिय अधिवेशन र त्यस पूर्व भएका क्षेत्रिय तथा राष्ट्रिय समितिका अधिवेशनमा विधान तथा नियमावली र अन्तर्राष्ट्रिय पद्दती बमोजिम मतदाताहरुर्को पूर्ण र अन्तिम सूचि प्रकाशन नगरिकनै चरम धाँधली र मनोमानी गरिएको आरोप लगाइएको छ ।
उजुरी पत्रमा त्यस्ता अवैध सांगठनिक गतिबिधि खारेज गरि तिनले अन्तर्राष्ट्रिय अधिवेशनका लागि छानेका प्रतिनिधिहरुको सूचीलाईसमेत बदर गरि सबै निकायहरुका सबै समितिहरुको बिधिबिधान सम्मत ढंगमा पुन: अधिवेशन गराउनका लागि नियमन गरिदिन अनुरोध गरिएको छ । उजुरि पत्रमा भनिएको छ ‘यदि कुनैपनि निकायको विधानत: मताधिकार प्राप्त सदस्यहरुको अन्तिम तथा पूर्ण मतदाता सूची सार्वजनिक (प्रकाशन) गरिएको भए सो झिकाई पुष्टि गर्नुहुन समेत गर्दछु ।’