एनआरएनए विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन, निर्वाचन कार्यतालिका स्थगित (पत्रसहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) १० औं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष छान्नका लागि चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । संघ अध्यक्ष कुमार पन्तले अन्तरराष्ट्रिय कार्यकारी सचिवालयका सदस्यहरु र अन्तरराष्ट्रिय समन्वय परिषद् समक्ष सहयोगको अपिल गर्दै चार सदस्यीय समिति गठन गरिएको जानकारी गराएका हुन् ।


उक्त उच्चस्तरीय समितिमा सल्लाहकार विश्वआर्दश पण्डित, डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री छन । उनीहरुले एनआरएनए विवादको समाधानका लागि अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसी, अर्का अध्यक्षका प्रत्यासी कुल आचार्य र अर्का अध्यक्षका प्रत्यासी रवीना थापालगायत सँग संवाद जारी राखेको बताइन्छ ।

blank

यद्यपी औचारिक रुपमा समितिका सदस्यहरुले केही बताएका छैनन् । समितिमा रहेका चार जना मध्ये सचिव जोशी र प्रवक्ता क्षेत्री टिम बद्रीमा महासचिव र उपाध्यक्षका उम्मेदवार छन । सल्लाहकार पण्डित र यादव पण्डित कुल आचार्यलाई जिताउने अभियानमा लागि परेका छन ।

संघ भित्र देखिएको बिषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी सदस्यहरु सँग सल्लाह जारी राखेको जनाउदै अध्यक्ष पन्तले संवाद र सहमतिका लागि समिति गठन गरेको दावी गरेका छन ।

एनआरएनएले आइसीसीको निर्वाचन आगामी डिसेम्बर २६ र २७ तारिख तोकिएको छ भने मनोनयन भोलि डिसेम्बर १६ तारिख हुने तालिका रहेकोेमा आजै निर्वाचन समितिले निर्वाचन मिति बाहेकको निर्वाचन सम्बन्धि अन्य तालिका स्थगित गरेको सूचना जारी गरेको छ । 

blank

                 


Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us