एनआरएनए यूकेलाई सात आइसीसी सदस्यहरुद्वारा सदस्यता शुल्क केन्द्रमा पठाउन आग्रह

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

लण्डन। गैरआवासीय नेपाली संघ(एनआरएनए) आइसीसीमा बेलायतबाट निर्वाचित सबै सात जना आइसीसी सदस्यले तत्काल सदस्यता शुल्क केन्द्रमा पठाउन एनआरएनए यूकेसँग माग गरेका छन् । साथै एनआरएनएआइसीसीले शुल्क नपठाए खारेजी गर्ने भन्दै दिएको आइतबारसम्मको समयसीमा पूरा हुन एक दिन बाँकी रहंदा आइसीसी सदयहरुले शुल्क नबुझाए उत्पन्न हुने अवस्थाको लागि जिम्मेवार बन्न समेत चेतावनी दिएका छन् ।

बेलायतबाट प्रतिनिधित्व गर्ने सातै जना आइसीसी सदस्यहरु दिनेश घिमिरे, राजेन्द्र पुडासैनी, एलएन पाण्डे, महेश अधिकारी, कोश्लेश्वर (कृष्ण) ढकाल, समिर खनाल र भीमलाल भट्टराईले शनिबार एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई एक पत्र लेखेर तत्काल शुल्क बुझाउन माग गरेका हुन् ।

‘हामी बेलायतबाट आइसीसी सदस्यमा सर्वसम्मत निर्वाचित सदस्यहरुको बैठक शनिवार बसी बैठकले सर्बसम्मत रूपमा उक्त रकम तत्काल संघमा पठाउन एनआरएनए यूके समक्ष जोडदार माग गर्ने निर्णय गरेको छ’ पत्रमा भनिएको छ, ‘उक्त रकम नपठाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयंम तपाईले लिनुपर्ने भएकाले सचेत समेत गराउन चाहन्छौँ ।’

बेलायतवासी पंजीकृत सदस्यहरुको रकम रोकेर राख्न एनआरएनए यूकेका अध्यक्ष र कार्यसमितिलाई अधिकार नभएकाले तोकेको समयभित्रै बुझाउन समेत पत्रमा सचेत गराइएको छ ।

पत्रको पूर्णपाठ :

श्री अध्यक्ष प्रेम गाहामगर जी

गैरआवासीय नेपाली संघ, बेलायत

बिषयः पंजीकृत सदस्यहरु र आइसीसी सदस्यबाट उठाइएको रकम एनआरएनएमा पठाउनेबारे ।

गत मार्च ४, २०२२ मा गैरआवासीय नेपाली संघ अध्यक्ष कुमार पन्तबाट तपाईं प्रेम गाहामगरको नाममा सम्बोधन गरि पठाइएको पत्र प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) यूकेले पंजीकृत सदस्यहरुबाट उठाएको रकम अहिलेसम्म केन्द्रमा नपठाएको अध्यक्ष पन्तको पत्रमा स्पष्ट उल्लेख गरिएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

हामी बेलायतबाट आइसीसी सदस्यमा सर्वसम्मत निर्वाचित सदस्यहरुको बैठक शनिवार बसी बैठकले सर्वसम्मत रूपमा उक्त रकम तत्काल संघमा पठाउन एनआरएनए यूके समक्ष जोडदार माग गर्ने निर्णय गरेको छ । उक्त रकम नपठाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयंम तपाईंले लिनुपर्ने भएकाले सचेत समेत गराउन चाहन्छौं ।

बेलायतवासी पंजीकृत सदस्यहरुको रकम रोकेर राख्न तपाईंलगायत कार्यसमितिलाई अधिकार नभएकाले NRNA ICC ले तोकेको समयभित्रै बुझाउन यो ज्ञापन पत्र पेश गरेका छौं ।

बैठकमा उपस्थित आइसीसी सदस्यहरु:

दिनेश घिमिरे

राजेन्द्र पुडासैनी

एल.एन. पाण्डे

महेश अधिकारी

कोश्लेश्वर (कृष्ण) ढकाल

समिर खनाल

भीमलाल भट्टराई

मितिः मार्च ५, २०२२

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us