एनआरएनए युके इंग्ल्याण्ड राज्य समन्वय परिषद् र बिएनसीको सहकार्यमा रनफेष्ट कार्यक्रम सम्पन्न
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद् इंग्ल्याण्डले बेक्स्ली नेपाली समाज (बिएनसी) सँग सहकार्यमा डेनसन पार्कमा रनफेष्ट कार्यक्रम गरेको छ । गत जनवरीदेखि भर्चुअल रुपमा रन फेष्ट कार्यक्रम सुरु गरेको इंग्ल्याण्डले सनिवार बिहान १०ः३० मा कार्यक्रम सुरु गरेको हो । धार्मिक परम्परा अनुसार पशुपति मन्दिरमा इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष लालबहादुर गुरुङ, एनआरएनए युके प्रमुख संरक्षक शेर सुनार, एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर, इंग्ल्याण्डमा सहसचिव अञ्जु कुवँर र प्रवक्ता विशाल गुरुङले संयुक्त पुजा अर्चना गरि कार्यक्रम सुरु गरिएको थियो ।
बिएनसीका तर्फबाट अध्यक्ष आनन्द धरेल, सदस्य विमला सेडाई सदस्य हेमन्त सेढाईलगायतको उपस्थित थियो । पशुपति मन्दिरका पुजारी निलहरी आचार्य पुजा अर्चना गरेपछि मन्दिरका अध्यक्ष दाशुराम पाण्डे तथा पुजारी आचार्यले उपस्थित सबैलाई टिकालगाई मन्त्रोचरण गरेका थिए ।
मन्दिरका अध्यक्ष पाण्डेले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने कामको प्रसंसा गरे । रनफेष्टमा करिव ८० जनाको सहभागीता रहेको थियो । बिएनसीको सहआयोजनामा गरिएको उक्त रनफेष्ट डेनसन पार्क बोर्टहाउसबाट सुरु गरि पार्कमा दुई पटक गरि करीव ५ किमी पूरा गरिएको थियो। रनफेष्टमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रम परिषद् इंग्ल्याण्डका सहसचिव कुँवर तथा बिएनसीका महासचिव केदार थपलियाले संचालन गरेका थिए । कार्यक्रममा एनआरएनए युके अध्यक्ष गाहामगरले एनआरएनएको कार्यक्रम सँग सहकार्य गर्ने बिएनसीलाई धन्यवाद दिए । त्यस्तै, परिषद् अध्यक्ष गुरुङले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने कार्यक्रमलाई बिएनसीले प्राथमिकता दिएकोमा धन्यवाद दिए । प्रमुख संरक्षक सुनारले बिएनसी परिवारलाई ऐतिहासिक कामका लागि धन्यवाद दिए ।
कन्ट्री काउन्सिल केन्ट स्थापना
यसैगरी, कन्ट्री काउन्सिल केन्ट स्थापना गरिएको छ । केन्ट काउन्ट्री काउन्सिलको संयोजकमा एकाउनटेन्ट तथा व्यवसायि दिपक थापालाई नियुक्त गरिएको छ । कन्ट्री काउन्सिल गठनको प्रमुख संयोजक अञ्जु कुवँर ले आगामी एक साता भित्र नवनियुक्त कन्ट्री काउन्सिल केन्टका संयोजक थापालाई संस्थाका कार्ययोजना दिनेछिन् ।
थापालाई एनआरएनए युकेका संरक्षक सुनार, अध्यक्ष गाहामगर, परिषद अध्यक्ष गुरुङ, बिएनसी अध्यक्ष धरेललगायतले सफल कार्यकालको शुभकामना दिए । ठाउँ ठाउँमा कन्ट्री काउन्सील गठन गर्ने क्रममा प्रमुख संयोजक कुवँर र रामप्रसाद पन्थीले सहयोग गर्नेछन् ।