एनआरएनए युकेले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि कुटनीतिक पहल गर्ने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकार सँग कुटनीतिक पहल गर्ने भएको छ । आइतबार एनआरएनए युके अध्यक्षको प्रेम गाहामगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमाआइतबार भएको संघको दोश्रो प्रत्यक्ष बैठकले कुटनीतिक पहलसँगै गोर्खाका समस्या समाधान गर्न बेलायत डिफेन्स् भेट्र्न मन्त्रीलाई आगामी मार्चामा ज्ञापन पत्र समेत बुझाउने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष गाहामगरले भूतपूर्व गोर्खाहरुको लामो समयदेखि जारी संघर्ष अन्त्य गरि पेन्सन क्रेडिटको सुबिधा लिएका बृद्ध गोर्खाहरुलाई यूके भन्दा बाहिर गएर एक महिना मात्र बस्न पाउने वर्तमान नियमलाई बढाएर ३ महिना (पूर्व नियमअनुरूप) बस्न पाउने अधिकारका लागि बेलायत सरकार सँग आग्रह गर्ने बताए ।
बैठकले एनआरएनए यूके उपाध्यक्ष नारायण दत्त कंडेलको संयोजकत्वमा कानूनी परामर्श तथा विधान समिति गठन गरेको छ । उक्त समिति सदस्यहरुमा सुशीला राई, चित्रबहादुर गुरुङ, सुनिल राना, केशव भण्डारी र डा. रामकुमार अधिकारी छन ।

संस्था सञ्चालन सम्बन्धि प्रमुख दस्तावेज मानिने विधान संशोधनका लागि निकट भविष्यमा विभिन्न क्षेत्रबाटप्रतिनिधित्व हुने गरि प्राविधिक सल्लाहकार थपिने अध्यक्ष गाहामगरले जनाए । उनकाअनुसार ‘विभिन्न राज्य र संघसंस्थाहरुबाट विधान अपडेट गर्न आएका सुझाव सम्बोधन हुने गरि चुस्त दुरुस्त विधान बनाउने संघको योजना रहेको छ।


बैठकले गैर आवासीय नेपाली संघ यूकेको उद्देश्य हासिल गर्नका लागि सफलतापूर्वक काम अगाडि बढिरहेकोनिष्कर्ष निकालेको छ । अध्यक्ष गाहामगरले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका लागि जुन क्षेत्रमा नेपालीहरुको जनघनत्व भएको क्षेत्रलाई केन्द्रित गरि मे २०२२ देखि जुन २०२२ भित्र प्रोपजल तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम एनआरएनए यूकेकै कार्यालयमा आयोजना गरिने पनि जनाए ।


अध्यक्ष गाहामगरले बेलायतस्थित नेपाली समुदाय र नेपालमा खेलाडी एवं खेलकुद विकासका लागि वृहतयोजना ल्याउन आफैं अग्रसरता देखाएका छन् ।
उनले नेपालमा हुन गइरहेको आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०२२ मा सहभागिताबारे एनआरएनए यूकेले छनौट प्रक्रिया गरि बेलायतबाट खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन नेपाल पठाउने र यसको संयोजकत्व खेलकुद विभागले गर्ने जानकारी दिए । उपाध्यक्ष तथा च्यारिटी बिभागका संयोजक गोबिन्द खरेलद्वारा हालसम्म बिभागद्वारा संयोजन गरिएका कार्यक्रमहरुको संक्षिप्त विवरण तथा आगामी मे २०२२ देखि जुलाई भित्र नेपाल हाउस प्रोजेक्टको लागिच्यारिटी डिनरको आयोजना सुनाए । उनले बेलायतको कोरोना भाइरस सम्बन्धि नियमहरु खुला भएको खण्डमा एक बृहत च्यारिटी कार्यक्रम गरिने योजना बनाएको बताए। खरेलकाअनुसार च्यारिटी विभागमा प्रमुख सल्लाहकारहरु, शान्ति थापा कुवँर, डेभिड गुरुङ तथा ओम थापा काउचा रहेको र बिभागभित्र आफ्नै प्रमुख संयोजकत्वमा क्षमता ढकाल, उप(संयोजक, आवेश राई कोषाध्यक्ष तथा ग्यान्जु शेर्पा सदस्य सचिवसहितको बिभाग गठन गरिएको छ ।


बैठकमा, संघसंस्था विभाग, महिला विभाग, प्रकाशन विभाग, नेपाली नागरिकता निरन्तरता विभाग, धर्म विभाग, दैवी प्रकोप तथा आपतकालीन विभाग, संस्कृति विभाग, व्यापार तथा लगानी लगायत विभागीय प्रमुखहरुलेआफ्नो विभागका क्रियाकलापहरुबारे ‘अपडेट’ गराएका थिए ।
बैठकमा ‘वान एनसीसी वान प्रोजेक्ट’ छनौट र मापदण्ड निर्धारण गर्नेबारे पनि छलफल भएको थियो ।


बैठकले एनआरएनए केन्द्रिय अधिवेशनमा बेलायतबाट प्रतिनिधित्व गर्ने डेलिगेट्सका सन्दर्भमा कार्यसमितिले यसअघि सिफारिस गरेका डेलिगेट्सलाई पूर्ण रुपमा मान्यता दिएर शीघ्र अधिवेशन हुनुपर्ने माग पनि गरेको छ । बैठकमा बेलायतस्थित गैर आवासीय नेपालीका प्रत्यक्ष सरोकारका विषयमा संघको कार्यालयबाट दिन सकिने सेवाहरुबारे समेत विचार विमर्श गरिएको थियो। अध्यक्ष गाहामगरले दूतावासमा घुम्ती सेवाका लागि कार्यवहाक राजदूत रोशन खनाललाई करिव एक महिना पुर्व नै औपचारिक पत्र पठाइएको जानकारी दिए।

एनआरएनए यूकेमा ‘ट्रष्टी’ थप गर्ने सम्बन्धमा अध्यक्ष प्रेमगाहामगरलाई मुख्य ट्रष्टीमा राखि बांकी च्यारिटी सम्बन्धि काम यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरिएको छ । बैठकले आउंदो ५ मार्च २०२२ का दिन आफ्नै कार्यालयमा महिला दिवस र ६ अगष्ट २०२२ शनिबार संघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

बैठकमा कोषाध्यक्ष विष्णु खरेलले हालसम्मको आर्थिक आयव्यायबारे जानकारी दिएका थिए । संघको अर्को प्रत्यक्ष पूर्ण बैठक आगामी २० मार्च २०२२ बस्ने निर्णय बैठकले गरेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us