एनआरएनए प्रमुख निर्वाचन अधिकृतमा भिमसेन बन्जरा नियुक्त

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन अधिकृतमा कानूनविद भिमसेन बन्जरा नियुक्त भएका छन्। तत्कालिन प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले कार्यव्यस्तताको कारण देखाउदै राजीनामा दिएपछि रिक्त पदमा आइतबार बन्जरा नियुक्त भएका हुन् ।

संघका अध्यक्ष कुमार पन्तले उनलाई नियुक्त गरेको स्रोतले बतायो । उनलाई संघको १० औं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । संघ भित्र डेलिगेट्स छनौट प्रक्रियामा देखिएको विवाद समाधान गरी सहमति गर्न दुई पटक निर्वाचन कार्यतालिका परिवर्तन गरिएको थियो ।
बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र सर्वोच्च अदालतका अधिवक्ता हुन् ।
गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिएको थियो ।

गैरआवासीय नेपाली संघको निर्वाचन डिसेम्बर २६ र २७ तारिख अनलाइन मार्फत हुदैछ । संघको नयाँ नेतृत्वको लागि डिसेम्बर १६ र १७ तारिख मनोनय दर्ता हुदैछ । संघ अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसी, कुल आचार्य र रबीना थापाले उम्मेदवारी दिने जनाएका छन ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us