एनआरएनए निर्वाचन: सेल्फी र परिचय पत्र उपलब्ध नगराएकोले ४९१ जनाको नाम मतदाता सूचीबाट हटाइयो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन यही २४-२५ मार्चमा हुन गइरहेको सर्वविदीतै छ । यस निर्वाचनको निम्ति उम्मेदवारहरुले नामावली दर्ता गर्ने कार्य समपन्न भैसकेको छ । त्यसैगरी मतदाताहरुको पनि समायोजन गर्ने काम भैरहेको छ । अहिले आएर निर्वाचनमा ४९१ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ ।

निर्वाचन समितिका अनुसार सेल्फी र गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध नगराउने ४९१ जनालाई मतदाता सूचीबाट हटाइएको जनाएको छ । उक्त कुरा निर्वाचन समितिले आइतबार एक सूचना जारी गरी बताएको थियो ।

यसअघि निर्वाचन कमिटिले ३ हजार ५८९ जनाको नामावली प्रकाशन गर्दै निश्चित समय तोकेकोमा सो समयभित्र पनि सेल्फी र परिचय पत्र उपलब्ध नगराएको भन्दै उनीहरुलाई मतदाता सुचीबाट हटाइएको जनाइएको छ ।

अब अनलाईन मार्फत हुने निर्वाचनमा मतदाताको अन्तिम नामावली ३ हजार ९८ मात्र कायम हुने भएको छ । संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायत पदमा मतदान हुँदैछ ।

अनलाइनमार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्मा अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा। बद्री केसी र रविना थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us