एनआरएनए अमेरिका साधारणसभा : मताधिकार र नागरिकता निरन्तरतामा जोड
लण्डन । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले डायस्पोरामा पनि छुट्टै नेपाल रहेको बताएका छन् । महामन्त्री शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको साधारणसभालाई आइतवार उद्घाटन गर्दै विदेशमा रहेका नेपालीहरुलाई नेपालसंग जोड्ने विषय राष्ट्रिय विषय भएको बताएका हुन् । उनले गैरआवासीय नेपालीहरुले माग गरेको नागरिकता संविधानले नै सुनिश्चत गरेको बताए । उनले बाहिर बस्ने नेपालीहरुलाई मताधिकार दिन नेपाली कांग्रेस सकरात्मक रहेको बताए । उनले संसारभरि छरिएका नेपालीहरुको नोट चल्ने भोट किन नचल्ने ? भन्दै शर्माले अदालतको आदेश अनुसार मताधिकार दिनु पर्नेमा जोड दिए । उनले नागरिकता तथा मताधिकार कुनै एक दलको विषय नभएर राष्ट्रिय अजेण्डा भएको बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संघको बृहत हितको लागि १० औं महाधिवेशनमा सहमति गरिएको बताए । उनले जारी संसदमा नागरिकता पेश भएर पेश हुने छ भन्नेमा गैरआवासीय नेपाली संघ ढुक्क रहेको बताए । उनले पूर्ण अधिकारसहितको नागरिकता दिनु पर्नेमा जोड दिए । उनले प्रमुख दलका नेताहरुले एनआरएनए नागरिकता दिने भनेर पटक पटक प्रतिबद्धता जनाएको बताए । उनले संघले आग्रह गरे बमोजिम सरकारको बजेट र नीति कार्यक्रममा मागहरु समेटिएको बताए । उनले नेपालमा डलर खाता खोल्न आग्रह गरे । उनले गैरआवासीय नेपालीहरुको हितको लागि सरकारले वैदेशिक बचतपत्र जारी गरेको बताए । उनले गैरआवासीय नेपालीहरुलाई नेपाली सरह लगानी गर्न अवसर दिन सरकारसंग आग्रह गरे । उनले एनआरएनए अमेरिकाभित्रको विवाद आन्तरिक रुपमा समाधान आग्रह गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अर्की अध्यक्ष रविना थापाले एनआरएनएमा आएको बिषम परिस्थितिका कारणले संघको नेतृत्व तीन जनाले लिन परेको बताइन् । उनले वैदेशिक रोजगारी तथा विद्यार्थीहरुको समस्यामा गैरआवासीय नेपाली संघले काम गर्दे आएको बताइन् । उनले नेपालमा लगानी गर्न कानुनको आवश्यक व्यवस्था हुनु पर्नेमा जोड दिइन् । उनले एनआरएनए अमेरिकामा कृष्ण लामिछाने समूहले उठाएका मागहरुलाई समेत सम्बोधन गरेर अघि बढ्न आग्रह गरिन् ।
साधारणसभालाई कांग्रेस नेतृ कमला पन्तले व्यक्ति भन्दा संस्था ठुलो भएको भन्दै संस्थाभित्र भएका विवादका बारेमा आत्म समिक्षा गर्न आग्रह गरिन् । संघका महाचिव डा. केशव पौडेलले लोकतन्त्रको बिकल्प लोकतन्त्र भएको भन्दै एउटा प्रकृयामा छिरे पछि त्यसको परिणाम मान्नु पर्नेमा जोड दिए । उनले बुद्धी सुवेदीको समूह आधिकारीक भएको बताए । उनले सुवेदी समूहले एनआरएनए आइसीसीले एमओयु (सम्झौता पत्र) मा हस्ताक्षर गरेको बताए ।
कृष्ण लामिछाने समुह अनुपस्थित रहेको कार्यक्रममा दर्जनौ संघसंस्थाका प्रतिनिधिहरु तथा अभियन्ताहरुले सफलाको शुभकामना दिएका दिए ।