एनआरएनए अध्यक्षमा बद्री केसीद्धारा उम्मेदवारी दर्ता

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

काठमाडौं – गैर आवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका छन् । एनआरनएनएको वर्तमान उपाध्यक्ष समेत रहेका केसीले सोमबार अनलाईनमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

उता एनआरएनए सल्लाहकार समेत रहेका कुल आचार्यले यसअघि नै प्रतिनिधि विवाद समाधान नभई गरिने निर्वाचनमा सहभागि नहुने बताइसकेका छन् । आचार्य निर्वाचनमा सहभागि नभए केसी र थापाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा ३ हजार ५९० जना प्रतिनिधि छन ।

रसियामा बस्दै आएका केसीले एनआरएनएमा कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी सभालिसकेका छन् ।

त्यस्तै, महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र युकेबाट विनय अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । जोशी हाल सचिव छन् भने अधिकारी ग्लोबल गोरखा समाजको अध्यक्ष छन् ।

यही २१(२२ मार्चमा ६० पदका लागि हुन गइरहेको निर्वाचनका लागि सोमबारदेखि उम्मेदवारी दर्ता शुरु भएको हो । यसअघि उम्मेदवारी दर्ता मंगलबार आज ८ मार्च साँझ ५ बजेसम्म तोकिएकोमा तीन दिन थप्दै ११ मार्च अर्थात शुक्रबार साँझ ५ बजेम्म तोकिएको छ ।

निर्वाचन समितिले अहिले पनि उम्मेदवारी दर्ता भइरहेको र उम्मेदवारी आउने क्रम जारी रहेको जनाएको छ । अहिलेसम्म २० जनाको हाराहारीमा उम्मेदवारी दर्ता भइसकेको र अन्यको ईमेल चेक गर्ने कार्य भइरहेको समितिका एक सदस्यले जानकारी गराए ।

एनआरएनएको उम्मेदवारी दर्ता गर्न अध्यक्षका लागि १० लाख रुपैयाँ, उपाध्यक्षका लागि ७ लाख रुपैयाँ, महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख, सह–कोषाध्यक्षका लागि ४ लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै, महिला तथा युवा संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय उप–संयोजकका लागि दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र क्षेत्रीय युवा र महिला उपसंयोजकको लागि दुई लाख रुपैयाँ उम्मेदवार मनोनयन दर्ता शुल्क तोकिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us