एनआरएनएद्वारा ४३ हजार पाउण्ड रकम नबुझाउनुको कारणबारे एनसीसी युके कार्यसमितिको धारणा माग

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)ले एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूकेलाई आफुले पाउने रकम संघको खातामा जम्मा गर्न नसक्नुको स्पष्ट धारणा माग गरेको छ । आइसीसी मार्फत गत मे ७ का दिन प्रेषित इमेलमा एनआरएनएको केन्द्रीय समितिले एनसीसी यूकेलाई कार्यकाल २०२१–२३ को सन्दर्भमा एनआरएनए यूकेका पंजीकृत सदस्यहरुबाट संकलित सदस्यता शुल्क के कति कारणले काठमाण्डौंमा स्थित केन्द्रको खातामा जम्मा नभएको हो भनी ? स्पष्ट धारणा माग गरेको हो ।
एनआरएनए कोषाध्यक्षत्रय लोक प्रसाद दाहाल, फडिन्द्र पन्त र सुनिल शाहद्धारा हस्ताक्षरित इमेलमा सदस्यता शुल्कबापत जम्मा भएको रकम विनियोजन सम्बन्धमा कार्यसमितिको आधिकारिक धारणा उपलब्ध गराएर संस्थाको वर्तमान उल्झनलाई स्पष्ट निकास दिन आग्रह गरिएको छ ।

इमेलमा भनिएको छ – “केन्द्रीय विधान २००३ तथा संसोधन २०२१ सहित यस अन्तराष्ट्रिय समन्वय परिषदको कोष व्यवस्थापन तथा विनियोजन सम्बन्धी व्यवस्थाको आधारमा अन्तराष्ट्रिय कोष तथा राष्ट्रिय समन्वय परिषदहरुको कोष सञ्चालनमा पनि संस्थागत एकरुपता, पारदर्शिता र जवाफदेहिता स्पस्ट देखिनेगरी लागू गर्दै एनआरएनएमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई सत्य–तथ्य जानकारी दिने र संस्थाको आर्थिक गतिविधिहरुलाई चुस्त–दुरुस्त र विश्वासिलो गर्ने उद्देश्यसहित वर्तमान केन्द्रीय कोष विभागले कार्य थालनी गरेकोबारे राष्ट्रिय समन्वय परिषद बेलायतको कार्यसमितिलाई पनि यसै इमेल–पत्रमार्फत जानकारी गराउन चाहन्छौ।”

इमेलमा गत महिना मार्च २०२२ मा आफूले कार्यभार लिंदै गर्दा केन्द्रको कोषमा राष्ट्रिय समन्वय परिषद बेलायतका सदस्यहरुको शुल्क जम्मा हुन बाँकी देखिएको भन्दै के कति कारणले केन्द्रको कोषमा रकम जम्मा गर्न कठिनाइ भएको हो र तत् सम्बन्धमा कार्यसमितिको स्पस्ट व्यवस्था, छलफल र निर्णय भएको वा नभएकोबारे कुनै जानकारी नभएको उल्लेख छ ।

“राष्ट्रिय समन्वय परिषद यूकेमा यहाँहरु गत जुलाई २०२१ मा निर्वाचित भई कार्यभारमा हुनुहुन्छ, केन्द्रीय परिषदमा गत मार्च २०२२ मा केन्द्रीय परिषद गठन भई हामीले कार्यभार सम्हालेको यो नयाँ परिवेशमा अन्तराष्ट्रिय परिषद र राष्ट्रिय परिषदबीच समन्वय र थप समझदारी विकास गर्दै संस्थागत उदेश्यहरु हासिल गर्ने साझा दायित्वमा सहकार्य गर्न हामी आब्हान गर्दछौ” – इमेलमा भनिएको छ ।

इमेलमा एनआरएनए यूकेलाई नयाँ परिवेशमा संस्थाभित्र रहेका कमिकमजोरीहरु हटाई कुनै पनि कार्यमा सामुहिक निर्णयमार्फत अघि बढ्न सल्लाह दिंदै त्यसका लागि केन्द्रीय कोषाध्यक्षहरु सधैं तयार रहेको जनाएको छ । उनीहरुले केन्द्रीय कोष छुट्टै नभएर एनआरएनए यूकेमा आवद्ध सदस्यहरु र सम्पूर्ण राष्ट्रिय समन्वय परिषदको साझा भएको भन्दै यसको व्यवस्थापनको जिम्मेवारीको हिस्सा राष्ट्रिय परिषद बेलायत पनि भएको भन्दै सम्झाइएका छन् ।

उक्त विषयलाई निकास दिन र आर्थिक विनियोजन तथा संस्थाका बिभिन्न एकाइहरुबीच सौहार्द वातावरण निर्माण गर्न बेलायतको कार्यसमितिले अग्रसरता लिने आशा प्रकट गरिएको छ ।

स्मरण रहोस्, एनआरएनए यूकले काठमाण्डौंस्थित केन्द्रलाई २०२१ को अधिवेशनताका आफ्ना ११,४७३ जना सदस्यहरुबाट उठेको झण्डै ४३ हजार पाउण्ड स्टर्लिङ पठाउन बाँकी छ ।

एनआरएनए यूकेलाई पठाएको इमेल जस्ताको तस्तैः

blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us