एउटा ‘अन्तरराष्ट्रिय भान्से’को सोच

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


लण्डन । जन्मभुमी नेपाल छाडेर वैदेशिक रोजगार तिर लाग्ने सबैको आ आफ्नो जीवनको कहानी छ । त्यो भिडलाई छिचोल्दै आफ्नो जीवनमा प्राप्त गरेका ज्ञान र सीप नयाँ पुस्तामा बाड्न अघि सरेका छन ‘चलनचल्ती’को भाषामा भन्ने हो भने एक जना ‘भान्से’ ।
तनहुँको बन्दिपुर जन्मिएका अर्जुनबहादुर थापाको भान्से जीवनको यात्रा सुरु भयो होटल सोल्टीबाट । भासे अर्थात सेफ रुपमा थापा प्राप्त गरेको जीवन बुझाइ र भोगाइको अनुभवलाई हस्पिटालिटी क्षेत्रमै काम गर्ने नयाँ पुस्तामा बाड्न चाहान्छन् । सन् १९८२ मा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, रविभबन, काठमाडौं (नाथम)मा होटल सम्बन्धी तालिम लिएर सोल्टी होटल छिरेका थापाले त्यहाँ झण्डै साढे चार बर्ष बिताए । त्यहाँको अनुभव र नाथमको तालिमले उनलाई नेपालमा मात्र होइन बेलायतमा पनि सेफका रुपमा परिचित गरायो ।

नेपालकै उत्कृष्ट मध्येको एक पाँच तारे होटल सोल्टी जहाँ नेपाल सरकारका भिआईपी पाहुनाहरु बस्ने गर्छन । हस्पिटालिटी क्षेत्रमा काम गर्नेहरुको लागि सपना जस्तै लाग्ने सोल्टी होटलले करिअरमा धेरै इटा थपियो । त्यसपछि द्वारिका होटलमा पनि उनले काम गरे ।
साढे चार बर्षे हस्पिटालिटी करियरलाई थापाले यही क्षेत्रमा थप लगाउने निधो गरे । विगतमा आफुले तालिम लिएको नाथममै उनले अध्यापन गराउन सुरु गरे । पाँच बर्षे अध्यापनका क्रममा तालिमको लागि जर्मन जाने पाएको उनी सम्झन्छन । १८ महिनाको तालिमको लागि जर्मन पुगेको बेला उनी नेपाल नफर्कि अमेरिका भिजा लिएर उतैबाट हिडे । नाथमको कामको फर्कन अनुरोध गर्दै गोरखापत्रमा जागिर आउन सुचना जारी भएपछि नेपाल फर्किएका थापाले केही समयपछि बेलायत आए ।
अमेरिका बसाईका क्रममा बेलायतको भिजिट भिजा लिइसकेकाले यता आउन सजिलो भएको उनी बताउँछन । थेम्स भ्याली युनिभरसिटीका अध्ययन गर्न आएका थापाले अध्यनसगै बेलायतको सेटलमेन्ट लिइसकेका छन । नेपाली खाना सँगै फ्रेन्च र इन्डियन कुजिन पकाउन सिपालु सेफ थापाले केही बर्ष लण्डनको फेल्थाममा नीजि लगानीमा ‘नमस्ते गोर्खा’ रेष्टुरेन्ट पनि चलाए ।
कामसँगै अध्ययनलाई अघि बढाइरहेका थापाले ‘ली कोर्डन ब्ल लण्डनबाट प्रोफेसनल कुकरी कोर्षमा ग्राजुयट गरिसकेका छन् । निकट भविष्यमा नेपालमा अन्तरराष्ट्रिय स्तरको खाना बनाउने स्कुल संचालन वा अध्यापन गराउने योजना रहेको उनले सुनाए । ”इन्टरनेशनल मापदण्डको स्कुल संचालन गरेर हस्पिटालिटी क्षेत्रमा दक्ष कामदार उत्पादन गर्ने सोचेको छु”, डायस्पोरानेपाल सँग भने । नेपालीहरुले पनि अन्तरराष्ट्रिय मापदण्डको खाना पकाउने सक्ने बनाउने युवा वा युवती उत्पादन गर्ने उनको सोच छ ।
नेपालमा परिस्थिति वा वातावरणले थापालाई साथ दिएन भने बेलायतमै हाउट कुजिन (हाई लेभल) को खाना लन्च गर्ने सोचाइमा छन । बेलायतमा अहिले एसियन सेफको अभाव रहेको बताइन्छ ।
थापाले गत सन् २०१० मा व्रिटिश करी अवार्ड समेत जितेका थिए ।

blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us