उमेश मोक्तानको संयोजकत्वमा एकीकृत समाजवादीको युरोप कमिटि गठन
लन्डन । नेकपा (एकीकृत समाजवादी) को निकट प्रवासी नेपाली एकता मञ्च युरोप कमिटी संयोजकमा उमेशराज मोक्तान छानिएका छन । एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको प्रमुख आतिथ्य तथा युरोप इन्चार्ज सुवास पोखरेलको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकले सर्वसम्मत रुपमा बेलायतमा रहेका मोक्तानलाई संयोजकमो जिम्मेवारी दिइएको हो । एकीकृत समाजवादीका युरोपभरमा रहेका पार्टी सदस्यहरुको विस्तृत छलफलपछि मोक्तानलाई संयोजक बनाइएको हो ।
बैठकले कमिटीको सहसंयोजकमा निराजन सुवेदी (पोर्चुगल), सचिव अर्जुन खतिवडा (बेलायत), सहसचिव मनोज भुषाल (फिनल्याण्ड), उपसचिव गोमा माझी (साइप्रस), अकल लामा (जर्मनी) र सुधीर अर्याल (पोर्चुगल)लाई जिम्मेवारी दिएको छ ।
बैठकले प्रचार विभाग पनि गठन गरेको छ । प्रचार विभाग प्रमुख दीपेन्द्र गजुरेल (स्पेन) र सदस्यद्वयमा बुद्धमान तामांग (साइप्रस) र डा देवेन्द्र श्रेष्ठ (बेलायत) छन् ।
युरोप कमिटी सदस्यहरुमा सञ्जय मडभरी (स्वीजरल्याण्ड), डा. मनभर्ती भुर्तेल (रुस), टंक कटुवाल (पोल्याण्ड), राजन काफ्ले आयरल्याण्ड, कृष्ण देवकोटा (जर्मनी), प्रेम गौतम स्वीडेन, पशुपति प्रसाद भण्डारी (नर्वे), हरि तामाङ (क्रोसिया), चिन्तन बुढामगर (साइप्रस), धनबहादुर बोहरा (नेदरल्याण्ड), कृष्ण चौहान (फिनल्याण्ड), र कृष्णप्रसाद तिवारी (बेलायत) छन् ।
युरोप कमिटिलाई प्रमुख अतिथि शाह र युरोप इन्चार्ज पोखरेलले सफल कार्यकालको शुभकामना दिए।