इमरान खानले गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सम्बोधन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे । नोभम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए । 

पूर्वप्रधानमन्त्रीको दाहिने खुट्टामा चोट लागेको थियो र उनको शल्यक्रिया गरिएको थियो । उनले वर्तमान सरकारका सदस्यहरूलाई वजिराबादमा आक्रमणको योजना बनाएको आरोप लगाएका छन् ।

रावलपिंडीमा भएको -यालीमा खानका समर्थकहरू हर्षोल्लासमा उत्रिएका थिए । खान भने केही समय ढिलो कार्यक्रममा उपस्थित भएका थिए ।
‘तीन अपराधी’ले  आफूमाथि अर्को हत्या प्रयास गरेको उनले बताए । आफ्नो भाषणको क्रममा खानले आफ्नो प्रधानमन्त्रीको समयमा भ्रष्टाचार नियन्त्रणमा असफल भएको स्वीकार गरे ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us