इनास यूकेले अर्को बर्ष ‘म्युजिक फेस्टिवल २०२३’ गर्ने
लण्डन। अन्तर्रास्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले आगामी बर्ष सन् २०२३ मा एक सांगीतिक महोत्वस आयोजना गर्ने भएको छ । आइतबार इनास युकेका नयाँ कार्यसमिति प्रमाण पत्र वितरण ग्रहण गरेको समारोहमा बोल्दै अध्यक्ष बिनोद चिपालुले उक्त घोषणा गरेका हुन् ।
इनास यूकेद्वारा लण्डनको प्लमस्टिडमा आयोजित उक्त कार्यक्रममा इनास यूकेका अध्यक्ष चिपालुले आगामी बर्ष सांगीतिक महोत्सबको लागि जुट्ने बताए . ‘म्युजिक फेस्टिवल २०२३’ नाम दिईएको उक्त फेस्टिबलमा यूकेमा बनेका म्युजिक भिडियोहरुलाई अवार्ड दिने पनि कार्यक्रम रहने छ।
चिपालुको अध्यक्षता चिपालुले इनास यूकेको बार्षिक कार्यक्रमका बिषयमा समेत खाका समेत प्रस्तुत गरे । चिपालुको नेतृत्वको टिम निर्वाचित भएपछि आयोजित पहिलो भेटघाट कार्यक्रममा इनास यूके कार्यसमिति र साधारण सदस्यहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको थियो। साथै नेपालबाट आएकी भोइस अफ नेपालकी उपविजेता तारा श्रीश मगरलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा इनास ग्लोवलका संरक्षक वरिष्ठ गायिका मिरा रानाले इनास यूकेले गरेका कार्यहरुको प्रसंशा गर्दै प्रबासमा पनि गीत, संगीत, कला र कलाकारहरुको जर्गेना गरिरहेकोमा शुभकामना दिइन् । कार्यक्रममा इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, युरोप उपसंयोजक संजय भक्त कंडेल, इनास यूके संस्थापक अध्यक्ष सनम बैराग, इनास अमेरिकाका सल्लाहकार उदय राणा, गायिका शर्मिला बर्देवा , प्लमस्टिड क्षेत्रका काउन्सिलर जित रानाभाट , बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, साहित्य चौतारीका बासु शर्मा , नेपाल पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष बिपिन निरौलाले संयुक्त रुपमा प्रमाण पत्र वितरण गरेका थिए ।
इनास यूकेका महासचिब सर्बेन्द्र अधिकारीले संचालन गरेको पहिलो सत्रको कार्यक्रममा उपाध्यक्ष दिपक थापाले सबैलाई स्वागत गरेका थिए । भने सचिब सुजन पराजुली र कार्यकारी सदस्य दीप गिरीले इनास युके र कलाकारहरुको परिचय गराए । उक्त अवसरमा इनास ग्लोबल प्रतिनिधि गुणदेब घिमिरे , उपाध्यक्ष प्रसुना कंडेल ,कोषाध्यक्ष लालमणि भट्टराई, यति नेपाली एसोशिएसन यूकेका महासचिब डा मुकुन्द बास्तोला, जेन्स यूकेका अध्यक्ष तिलक भट्टराई लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरु र कलाकारहरुको उपस्थिति रहेको थियो।
दोस्रो चरणमा इनास यूकेका कलाकारहरुले विभिन्न कर्णप्रिय गीतहरुले सबैलाई मन्त्रमुग्ध बनाएका थिए।