आज वैकल्पिक प्रतिनिधिहरुको नामावली प्रकाशित गरिए एनआरएनए निर्वाचन तर्फ उन्मुख

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद पुर्ण रुपमा समाधान नभएपनि निर्वाचन तर्फ उन्मुख भएको छ। निर्वाचन प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै संस्थापन पक्षसँग असुन्ष्ट समूहमा विभाजन आएसँगै महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ निर्वाचन कार्यतालिका ल्याउने सहमति भएको हो । जनवरी १० मा वैकल्पिक प्रतिनिधिहरुको नामावली प्रकाशित गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । सहमति अनुसार आज १० जनवरीबाट सहमतिको बुदाहरु कार्यान्वयन तर्फ गएमा पटक-पटक स्थगित भएको संघको निर्वाचन प्रक्रिया अघि बढ्ने प्राय: निश्चित छ । सोमबार मिडियामा सार्वजनिक भएको सहमतिमा पत्रका अनुसार संघ सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्य समुहमा विभाजन आएको छ ।
एनआरएनए विवाद सुल्झिउन संघका अध्यक्ष कुमार पन्तले गठन गरेको पाँच सदस्यीय उच्चस्तरीय समितिका आचार्य समुहमा डा. यादव पण्डितले संस्थालाई निर्वाचन लैजान सहमति जनाएका छन भने आचार्य समुहका विश्वआदर्श पण्डितले हस्ताक्षर गरेका छैनन् । विवाद समाधान समितिमा संघका केन्द्रीय सल्लहाकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, सचिव गौरीराज जोशी, प्रवक्ता डिबी क्षेत्री र नारायण थापा थिए।

सार्वजनिक गरिएको सहमति पत्रमा विवाद समाधान समितिका सदस्यबीच समयमै निर्वाचन गराउन सात बुँदै शर्तसहित सहमति जुटेको देखिन्छ । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ र एनआरएनए बेल्जियमका पूर्वसभापति गंगाधर गौतमले सहजकर्ताको भूमिका निर्वाह गर्दै सहमति पत्रमा हस्ताक्षर गरेका छन्। उच्चस्तरीय समितिमा कुल आचार्यको तर्फबाट यादव पण्डितले हस्तारक्षर गरेका छन्।
सहमति अनुरुप संघको निर्वाचन आगामी ८ र ९ फेब्रुवरीमा गर्ने कार्यतालिका तय भएको छ।

‘गैरआवासीय नेपाली संघको वर्तमान असहज परिस्थितिमा संस्थालाई सहमतीका आधारमा सञ्चालन गर्ने र संघमा आपसी, भाइचारा कायम राख्दै वास्तिवक अर्थमा सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्नका लागि विधान अनुसार निष्पक्ष निर्वाचन गरी नयाँ नेतृत्व चयन गर्नु नै उत्तम विकल्प हुने हाम्रो ठहर रहेको छ,’ सहमति पत्रमा भनिएको छ।

सहमति पत्रमा सहमतिकर्ताको तर्फबाट संघका अध्यक्ष कुमार पन्त, अध्यक्षका प्रत्यासी डा। बद्री केसी र रवीना थापाले हस्ताक्षर गरेका छन् भने आचार्यले हस्तक्षर गरेका छैनन् ।

प्राविधिक रुपमा संघका राष्ट्रिय समितिमा रहेरका पूर्वपदाधिकारीहरु, पूर्वअध्यक्षहरु, आइसीसी सदस्यहरुको नाम महाधिवेशन प्रतिनिधिमा छुटेको भए संघको विधि र विधानमा रहेर महाधिवेशन प्रतिनिधिको रुपमा समावेश गर्ने, महाधिवेशन प्रतिनिधिहरुको नाम सहमति भएर आएका देशको नामावली संघभित्र मतदाता नामावलीमा समावेश गर्ने, १ अगष्टपछि कसैको नाम महाधिवेशन प्रतिनिधि समावेश भएको भए रद्ध गर्ने, संघको निर्वाचन सम्पन्न गर्न अनुगमन तथा सुपरिवेक्षण गर्न ५ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गर्नेलगायतका विषयमा संघभित्र सहमति जुटेको हो।

blank

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us