अमेरिकामा विदेशी नागरिकमाथि लगाइएको कोभिड यात्रा प्रतिबन्ध डेढ वर्षपछि हट्यो 

एजेन्सी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


वासिंगटन । अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए । अमेरिकाले लगाएको अप्रत्यासित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका व्यक्तिलाई उनीहरुका छिमेकी, साथीभाई र आफन्तले  महिनौंदेखि भेट गर्न पाएका थिएनन् ।

नयाँ नियम नोभेम्बरको सुरुदेखि लागू हुने राष्ट्रपति जो बाइडेनका कोरोनाभाईरससम्बन्धी संयोजक जेफ्री जाइन्टसले जानाकारी दिए । कोभिड यात्रा प्रतिबन्ध हटाउन युरोपसहित अन्य मुलुकले अमेरिकामाथि दबाब दिदै आएका थिए । 

तर, भाईरस फैलनबाट रोक्न हवाई यात्रामा सुरक्षाका पर्याप्त उपाय अप्नाइने बताइएको छ । ‘सबैभन्दा महत्वपूर्ण पक्ष त अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले पूर्ण खोप लगाएको हुनुपर्छ,’ जाइन्टसले भने । 

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म ६ लाख ७५ हजार जनाको मृत्यु भइसकेको छ । अहिले पनि कोरोनाका कारण दिनहुँ औषत १५ सय जनाको मृत्यु भएको छ । नयाँ नियम अमेरिकाले स्वीकृत गरेको खोप लगाएका व्यक्तिको हकमा मात्र हो वा सबैलाई लागू हुने हो भन्ने बारेमा केही प्रष्ट पारिएको छैन् । यस बारेमा अमेरिकाको रोग नियन्त्रण केन्द्रले थप निर्णय गर्ने जाइन्टसले बताए । 

अमेरिकाका लागि विमान चढ्न्ुअघि यात्रुले आफूले पूर्ण खोप लगाएको र कोभिड नेगेटिभ देखिएको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ । नेगेटिभ देखिने प्रमाण पछिल्लो तीन दिन भित्रको हुनुपर्छ । पूर्ण खोप नलगाएका अमेरिकीले भने सोही दिन परीक्षण गरी कोभिड नेगेटिभ देखिने प्रमाण पेस गर्नुपर्नेछ । सबै यात्रुले मास्क अनिवार्य लगाउनु पर्नेछ । 

क्यानडा र मेक्सिकोबाट अमेरिका गुड्ने सबै सबारी साधनहरुमाथि लगाइएको यसअघिको प्रतिबन्ध भने कायमै गरिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us