गुजरातलाई डेब्यु वर्षमै आइपीएलको उपाधि

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ​गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपीएलको १५ औं सिजन आफ्नो नाममा लेखायो । यससँगै गुजरात आइपीएलको उपाधि जित्ने सातौं टिम बनेको छ ।

राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध क्रिष्णा र युजवेन्द्र चहलले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३० रनको योगफल तयार गरेको थियो ।​ राजस्थानका ओपनर जस बटलरले सर्वाधिक ३९ रन बनाएका थिए । ३५ बलको सामना गरेका बटलरले पाँच चौका प्रहार गरेका थिए । 

यसबाहेक, गुजरातका रविश्रीनिवासन साइ किशोरले दुई विकेट लिँदा यस दयाल र रासिद खानले समान एक विकेट लिए । प्रतियोगितामा सर्वाधिक आठ सय ६३ रन प्रहार गरेका राजस्थानका जस बटलरले ‘ओरेन्ज क्याप’ पाए । यस्तै, राजस्थानकै युजवेन्द्र चहलले ‘पर्पल क्याप’ पाए । उनले १७ इनिङमा २७ विकेट लिए ।

आइपीएलको १५ औं सिजन समाप्त हुँदासम्म मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक, चेन्नई सुपर किंग्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक उपाधि जितेका छन् । यस्तै, गुजरातसँगै, राजस्थान, सनराइजर्स हैदराबाद र डेकेन चाजर्सले समान एक पटक आइपीएलको उपाधि जितेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal