बुद्ध एयरले मातातीर्थ औंशीका लागि निशुल्क पोखरा होलिडेज प्याकेज

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर : यमुना भण्डारी

बुद्ध एयरले मातातीर्थ औंशीका लागि निशुल्क पोखरा होलिडेज प्याकेज ल्याएको छ। योसँगै अब यात्रुहरूले आफ्नो आमासँग निःशुल्क यात्रा गर्दै अनुभव साट्न पाउनेछन्। 

निः शुल्क होलिडेज प्याकेजका लागि सहभागीले आफ्ना आमासँग बुद्ध एयरको यात्रा गरेको हुनुपर्छ। जसमा एउटा तस्वीर सार्वजनिक गर्दै अनुभव लेख्नुपर्नेछ।

सहभागीहरूको अनुभवलाई बुद्धले प्रशंसा पत्रको रूपमा प्रकाशित गर्नेछ। ‘माई मम्स फर्स्ट फ्लाइट’ सँग साझेदारी गरिएको अनुभव २० शब्दको हुनुपर्नेछ। 

यो अफर अप्रिल २६ तारखिदेखि अप्रिल २९ तारिखसम्म चल्नेछ।

© 2022 All Right Reserved DiasporaNepal