Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/dnepal/public_html/wp-includes/functions.php on line 6121
बेक्स्ली नेपाली समाजको “सबैले नाच्न सक्छन् ” दोस्रो चरणको भर्चूअल कार्यक्रम सुरू «   Diaspora Nepal

बेक्स्ली नेपाली समाजको “सबैले नाच्न सक्छन् ” दोस्रो चरणको भर्चूअल कार्यक्रम सुरू

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लन्डन । बेक्स्ली नेपाली समाजको “सबैले नाच्न सक्छन् ” (Everyone Can Dance)” को नाराका साथ दोस्रो चरणको कार्यक्रम भर्चूअल माध्यमबाट सुरू भएको छ। पहिलो चरणको कार्यक्रम सफल भएपछि सहभागी सदस्यहरूको विशेष अनुरोधमा यो दोस्रो चरणको कार्यक्रम सुरू गरिएको हो।
बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेललगायत अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको साथै बेक्स्ली नेपाली समाजका आजिवन सदस्यहरूको पूर्ण सहयोगमा उक्त कार्यक्रम को सुरूवात भएको छ।
बेक्स्ली नेपाली समाजका वरिष्ठ उपाध्यक्ष हरिस ज्ञावलीले दोस्रो कार्यक्रमको पनि सफलताको शुभकामना दिए । उनले सहयोगको लागि सधै तयार रहेको समेत जनाए । समाजका कोषाध्यक्ष तथा कार्यक्रमका संयोजक दिपेन सिटौलाले कार्यक्रमलाई पनि पहिलाको जस्तै जस्तै फेस टु फेस गर्ने गर्ने आफुहरुको चाहाना कोभिडका कारण पुरा हुन नसकेको गुनासो गरे । उनले भर्चुअल माध्यमबाट गरिने कार्यक्रमबाट सबै लाभान्वित हुने अपेक्षा गरेको जनाए । ,सदस्यहरूको उत्साहजनक सहभागीता ,नृत्य शिक्षिकाको मेहनत तथा कोरोनाको बेला घरमै रहदा हुने बिभिन्न शारीरिक र मानसिक समस्यालाई पनि ध्यानमा राखेर सरकारको गाइडलाइन फलो गर्दै हामिले यो कार्यक्रम चालाएका हौँ, उनले भने ।

हरिस ज्ञावलीले दोस्रो कार्यक्रमको पनि सफलताको शुभकामना दिए । उनले सहयोगको लागि सधै तयार रहेको समेत जनाए । समाजका कोषाध्यक्ष तथा कार्यक्रमका संयोजक दिपेन सिटैलाले कार्यक्रमलाई पनि पहिलाको जस्तै जस्तै फेस टु फेस गर्ने गर्ने आफुहरुको चाहाना कोभिडका कारण पुरा हुन नसकेको गुनासो गरे । उनले भर्चुअल माध्यमबाट गरिने कार्यक्रमबाट सबै लाभान्वित हुने अपेक्षा गरेको जनाए । ,सदस्यहरूको उत्साहजनक सहभागीता ,नृत्य शिक्षिकाको मेहनत तथा कोरोनाको बेला घरमै रहदा हुने बिभिन्न शारीरिक र मानसिक समस्यालाई पनि ध्यानमा राखेर सरकारको गाइडलाइन फलो गर्दै हामिले यो कार्यक्रम चालाएका हौँ, उनले भने ।

“नाच्नु भनेकै घेरै बाच्नु हो ,नयाँ कुराहरू सिक्दै ज़िन्दगीका भर्याङ चढ्नुपर्छ” भन्दै कार्यक्रम संचालक तथा संस्थाका महासचिव केदार थपलियाले नृत्य मार्फत शारिरीक व्यायाम र मनोरन्जन लिने अपेक्षा गरेको बताए ।
अध्यक्ष धरेलले भर्चुअल रुपमा गरिने कार्यक्रमले भौतिक रुपमा टाढा रहेका नेपालीलाई पनि एउटै धागोमा गास्ने काम गरेको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा उपाध्यक्षहरु बिन्दु गुरुङ र बिजिता गौतमको पनि उपस्थिति थियो भने सह-कोषाध्यक्ष बाला प्रसाई कार्यकारी सदस्य तथा पत्रकारिता संयोजक अहिल्या कुँवर र कार्यकारी सदस्यहरु शिलु आचार्य दाहाल र मधुर मिश्रलगायतको उपस्थित थियो ।

उक्त कार्यक्रममा अंबिका गुरूङ ,अर्चना लम्साल, बन्दना चापागाई, बनिता कार्की, बिपिना गिरी, कल्पना पन्डित, मनु न्यौपाने, सुवास न्यौपाने, मेघा उपाध्याय ,रचना सिटौला मिश्र, दिपा सिटौला, रस्मिता प्रसाई, रिमा पौडेल , रिसिका पौडेल, रिता भेटवाल सेडाई, सम्झना कोईराला, संगिता उपाध्याय, सिलु आचार्य, अजन्ता जोशी, गायत्री श्रेष्ठ, राधा थापा, अमिता श्रेष्ठ, शुष्मा भन्डारीलगायत नृत्य सिक्नेहरुको पनि उपस्थिति थियो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us