‘न्युलुक ब्युटी फर लाइफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सम्पन्न
काठमाडौँ । ‘न्युलुक ब्युटी फर लाइफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन– ८ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । यो प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै धादिङकी ब्युटिसियन चादनी श्रेष्ठ विजेता भएकी छन् । उनले २५ हजार रुपैयाँ नगद, शीर्ष उपाधिसहित वेस्ट हेयर स्टाईलिस्ट अवार्ड, पब्लिक च्वाईस अवार्ड र मल्टी मिडिया अवार्ड पनि जितकी छन्।
समारोहमा भिवर्स च्वाईस अवार्ड र वेस्ट आईल्यासेस टेक्निसियन अवार्डसहित खोटाङकी हिरा राई फस्ट रनर अप भइन् । उनले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गरिन् । वेस्ट स्क्रिन अवार्डसहित संगीता राई सेकेन्ड रनर अप भइन भने उनले १० हजार रुपैयाँ र क्राउन प्राप्त गरिन् ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.द्धारा आयोजित ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन– ८ मा मोस्ट डिसिप्लेन अवार्डसहित अनिता गुरुङले थर्ड रनरअपको उपाधि हासिल गरिन् । यस्तै स्वस्तिका अधिकारी बिष्टले वेस्ट आई अवार्ड सहित म्यानेजमेन्ट च्वाईस अवार्ड जितिन् भने वेस्ट स्टाईलिस्ट अवार्डसहित अस्बिना सिंहले अर्गनाईजर च्वाईस अवार्ड प्राप्त गरिन् ।
समारोहमा रेश्मा केसीले वेस्ट ड्रेस र मोस्ट इन्नोसेन्ट अवार्ड, मिना मोक्तानले मोस्ट ब्युटिफूल अवार्ड, सलिना थापाले वेस्ट फिगर अवार्ड, सम्झना लिम्बुले मोस्ट फोटोजेनिक अवार्ड, रेखा लामिछानेले मोस्ट बब्ली अवार्ड, राधा चौधरीले वेस्ट मेकअप अवार्ड हासिल गरे । यस्तै रविना तामाङले मोस्ट ट्यालेन्ट अवार्ड प्राप्त गरेको सो ग्रान्ड फिनाले समारोहमा रेणुका कुमारी चौधरीले वेस्ट मेकअप अवार्ड, गौरी कार्कीले मोस्ट फ्रेन्डली अवार्ड, चन्द्रा ताम्राकारले वेस्ट स्माइल अवार्ड, अञ्जु तुलाधर श्रेष्ठले मोस्ट सिभिलिटी अवार्ड, इशारा गुरुङले वेस्ट क्याटवाक अवार्ड र सरस्वती आचार्य गौतमले वेस्ट आयुर्वेदिक थेरापिष्ट अवार्ड हासिल गरे ।
ग्रान्ड फिनालेको निर्णायकमा अग्रज गायिका देवीका वन्दना, अभिनेता श्रीदेव भट्टराई, गणेशमान प्राविधिक शिक्षालय (सिटिइभिटी)की प्रिन्सिपल पशुपति जोशी, फेशन डिजाइनर गोमा अधिकारी धिताल, अग्रज ब्युटिसियनद्धय सिता श्रेष्ठ, मञ्जु सापकोटा र सामाजिक अभियन्ता ज्ञानु श्रेष्ठ थिए । वेस्ट ड्रेसको निर्णायकमा फेसन डिजाइनर गोमा अधिकारी र मितु अधिकारी थिए ।
जयन सुब्बा मानन्धरको कोरियोग्राफी र कृष्ण रसालको डान्स कोरियोग्राफी रहेको यो प्रतियोगिताको निर्देशकमा सरिता भारती थिइन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भु जीत बासकोटाले सो कार्यक्रमको उद्घाटन गर्दै ब्युटिसियनहरुको प्रोत्साहनमा विगत ८ वर्षदेखि यो प्रतियोगिताले महत्त्वपूर्ण योगदान दिएको बताए ।
आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले कार्यक्रममा स्वागत मन्तव्य दिँदै ब्युटिसियनहरुको प्रतिभालाई उजागर गर्न आफूहरूले यो कार्यक्रम गर्दै आएको बताइन् ।
यस्तै विलक्षण क्रियसन प्रा.लि.का अध्यक्ष डब्बु क्षत्रीले धन्यवाद ज्ञापन गर्दै राज्यका तर्फबाट ब्युटिसियनहरुलाई माथि उठाउने कार्यक्रमहरू नभएका कारण ब्युटिसियन ट्यालेन्ट नेपाल आयोजना गरिएको र यसले उनीहरूलाई व्यक्तित्व विकास र अन्य कार्यका लागि अघि बढ्न प्रेरणा दिएको छ भने समारोहमा चर्चित कलाकारहरुले नृत्य र गायक प्रस्तुत गरेका थिए
