बेक्स्ली नेपाली समाजद्वारा २६ हप्ते योग तथा फिटनेस प्रशिक्षण कार्यक्रमको सुरुवात

१२ महिनाs अगाडि

डायस्पोरा नेपाल

लन्डन। बेक्स्ली नेपाली समाजले २६ हप्ते योग तथा फिटनेस प्रशिक्षण कार्यक्रम शुरु गरेको छ। बेक्स्ली नेप्लिज् कम्युनिटीको संयोजनमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रमको शनिबार स्थानीय बेक्स्ली बरोका उपमेयर रग्स सन्धु, सांसद लुइ फ्रेञ्च, समाजको अध्यक्ष आनन्द धरेल र संस्थापक अध्यक्ष केश बहादुर गुरुङले सयुक्त रुपमा कार्यक्रमको ब्यानर अनावरण गरि उद्घाटन गरेका हुन ।

प्रशिक्षण स्थानीय ह्यारिस एकेडेमीको हलमा हरेक साताको शनिबार र आईतबार बिहान ८ बजे बाट ९: ३० बजे सम्म सञ्चालन हुनेछ। उक्त प्रशिक्षणका लागि स्थानीय नेपाली महिला र पुरुष गरी करिब ७ दर्जनले आफ्ना नाम दर्ता गराएका छन् । सहभागीहरुलाई फिटनेस प्रशिक्षक रिना गुरुङ र योगातर्फ शिक्षिका सरिता शर्माले प्रशिक्षण दिनेछन । यो कार्यक्रमले बेक्स्ली नेपाली कम्युनिटीलाई स्वस्थ रहनको लागि सहयोग पुग्ने अपेक्षा अध्यक्ष धरेलको छ ।

प्रशिक्षण उद्घाटन गर्दै प्रमुख अतिथि उपमेयर रग्स सन्धु र विशेष अतिथि सांसद फ्रेञ्चले बेक्स्ली नेप्लिज् कम्युनिटीले फिटनेस र योग प्रशिक्षण सञ्चालन गरेकोमा खुलेरै प्रशंसा गरेका थिए। अतिथीद्वयले स्थानीय नेपाली समुदायसित सहकार्यको लागि आफुहरु प्रतिवद्ध रहेको जनाए । उपमेयर रग्स सन्धुले पन्जाबी भांन्र्गा नित्य गरेर उपस्थित सबैलाई रमाइलो गराएका थिए ।

योग प्रशिक्षणका परिकल्पनाकार समेत रहेका कम्युनिटीका कोषाध्यक्ष दिपेन सिटौलालाई नेसनल लट्री कम्युनिटी फण्ड तेस्रो पटक प्राप्त गर्न सफल भएकोमा उपस्थित सबैले हार्दिक बधाई दिए । समाजको वरिष्ठ उपाध्यक्ष डाक्टर हरिस ज्ञवालीले स्वागत गरेका थिए भने अर्का उपाध्यक्ष बिन्दु गुरुङले अथितिहरुलाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान व्यक्त गरिन् ।

अध्यक्ष धरेलले प्रशिक्षणको अवधारणालाई सफल पार्नको लागि सहयोगको अनुरोध गरे । उनले कार्यक्रम संयोजक, सह-संयोजक, स्वयसेवी, कार्यसमितिका सदस्यहरु लगायत सबै सहभागीहरुलाई धन्यवाद दिए । कार्यक्रमको सञ्चालन गर्न महासचिव केदार थपलियाले समाजको युवा स्वयसेवी कृतिका थपलिया, हेबिना सेडाई र स्मारिका न्यौपाने सहयोग लिएका थिए ।

अध्यक्ष धरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृतिका थपलिया, हेबिना सेडाई , ईस्मारिका न्यौपाने, खुशी धरेल , संस्कृति ज्ञवाली , अउसा शर्मा र राजस्वी हमाल, सबिता प्रसाई सिवाकोटीलाई समाजको तर्फबाट न्यानो मायाको चिनो प्रदान गरिएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal