टर्कीका भूकम्पमा परी गोलकिपरको मृत्यु

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

टर्कीमा सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु भएको छ । गोलकिपर अहमेट इयुप तुर्कासलानाको भूकम्पका कारण मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । 

भूकम्पका कारण टर्की र सिरियामा झन्डै ८ हजार मानिसले ज्यान गुमाएका छन् । 

क्लबले आफ्नो ट्विटरमा भनेको छ, ‘हाम्रा गोलकिपर अहमेट इयुप तुर्कासलानले भूकम्पका कारण आफ्नो ज्यान गुमाए । हार्दिक श्रद्धाञ्जली । ’

‘हामी तपाईँलाई कहिल्यै बिर्सने छैनाैँ,’ यसमा थपिएको छ ।

२८ वर्षीय तुर्कासलानले २०२१ मा आबद्ध भएपछि टर्की डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए । 

© 2022 All Right Reserved DiasporaNepal