‘प्रचण्डले सरकारमा गए २४ घण्टाभित्र निकाल्ने आश्वासन झल्झली सम्झिरहेको छु’ : रेशम चौधरी

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

उहाँ (पुष्पकमल दाहाल प्रचण्ड)ले प्रधानमन्त्रीको शपथ खानुअघि मलाई आफू सरकारमा गए २४ घण्टाभित्र निकाल्ने भन्नुहुन्थ्यो मलाई जेलमा भेट्न आउनुहुँदा । तर, जब पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ खानुभयो उहाँको बोली नै फेरियो ।

यस पटकको निर्वाचनमा तीन र एक स्वतन्त्रसहित ४ सिट लिएर संघीय संसदमा प्रवेश गरेको छ, नागरिक उन्मुक्ति पार्टी । यस पार्टीका संस्थापक हुन्, रेशम चौधरी । पार्टीका संरक्षक रहेका चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा संघमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको छ । पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेन । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले २ लाख ७२ हजार मत प्राप्त गरेको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा उनकी पत्नी एवं पार्टी अध्यक्ष रञ्जना श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नं १ बाट ३० हजार ४०४ मतसहित निर्वाचित भइन् ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका रेशमको पार्टी निर्वाचन परिणाम आएसँगै सरकारलाई समर्थन त गर्‍यो तर सरकारमा गएन । संघीय सरकारमा किन गएन भनेर यसबेला जनचासोको विषय छ । तर प्रदेश सरकारमा भने जाने तरखरमा छ ।

© 2022 All Right Reserved DiasporaNepal