नेप्से परिसूचक २७ अंकले घट्यो

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

सेयर बजार परिसूचक नेप्से थप २७ अंकले घट्दै १८ सय ५५ अंकमा ओर्लिएको छ । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा यस साताको पहिलो कारोबार दिन नै २७.५४ अंकले घट्दै १८ सय ५५.०६ अंकमा झरेको हो । 
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज २.८८ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.०४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.०६ प्रतिशतले र अन्य समूहको उपसूचक २.१९ प्रतिशतले घटेको छ । 

यस्तै बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.३१ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् । 
बजारमा आज १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ । 

आज सबैभन्दा बढी कृषि विकास बैंकको ६ करोड २५ लाख ११ हजार ४३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सबैभन्दा बढी इस्टर्न हाइड्रोपावर लिमिटेडका सेयरधनीले ९.९९ प्रतिशतले कमाएका छन् । 

© 2022 All Right Reserved DiasporaNepal