हत्या गरेको आरोपमा दुई पक्राउ

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ । 

गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा अन्य तीन जना घाईते भएका छन् । 

सो घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए। 

© 2022 All Right Reserved DiasporaNepal