ट्राफिक प्रहरीले अत्यधिक धूवाँ फाल्ने ३८ सवारीसाधनमाथि कारबाही

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

ट्राफिक प्रहरीले अत्यधिक धूवाँ फाल्ने ३८ सवारीसाधनमाथि कारबाही गरेको छ । काठमाडौंको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका तथा अत्यधिक धूवाँ फाल्ने ३८ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

अत्यधिक धूँवा फाल्ने १३ र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवासमेत फाल्ने २५ गरी ३८ वटा सवारीसाधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग सिंहदरबार तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटेको टोलीले शुक्रबार बिहान बबरमहलमा ५४ वटा सवारीसाधनलाई चेक गर्दा ३८ वटा कारबाहीमा परेका हुन् । 

सवारीसाधन मर्मतपश्‍चात तोकिएको जरिवाना तिरी नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने प्रहरीले जनाएको छ ।

© 2022 All Right Reserved DiasporaNepal