हारको उत्सव मनाउँदा इरानी प्रहरीद्वारा एक व्यक्तिको गोली हानी हत्या
फुटबल विश्वकपको एक प्रतिस्पर्धामा अमेरिकाबाट पाएको हारको उत्सव मनाएका कारण इरानमा सुरक्षाबलद्वारा एक व्यक्तिको गोली हानी हत्या गरिएको दाबी गरिँदै छ ।
बीबीसीले प्राप्त जानकारी अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारी सार्वजनिक रुपमा देशको फुटबल टिम विश्व कपबाट बाहिरिएकोमा उत्सव मनाइरहेका थिए ।
केही अधिकारीका अनुसार मंगलबार राती बन्दर अंजालीमा गाडीको हर्न बजाएपछि मेहरान समकलाई निधारमा गोली हानिएको थियो ।
केही अन्य शहरका भिडियोमा पनि भीडलाई सडकमा नाच्दै–गाउँदै गरेको देखिएको छ ।
धेरैजसो इरानी नागरिकले कतारमा आफ्नो फुटबल टिमको समर्थन गर्न अस्वीकार गरेका थिए । वास्तवमा यी मानिसहरुका अनुसार यो टिमले इस्लामिक गणराज्य इरानको प्रतिनिधित्व गरिरहेका छन् ।
इरानको आधिकारिक मिडियाले टोलीमाथि अनावश्यक दबाब दिएको भन्दै देशभित्र र बाहिरका विपक्षी शक्तिहरुलाई दोष दिइरहेको छ । समूह चरणको अन्तिम खेलमा इरानको टोली अमेरिकासँग १–० ले पराजित भएको थियो ।
फुटबल खेलाडीले पनि देशमा प्रदर्शनकारीसँग एकजुटता देखाउनका लागि बेलायतविरुद्ध खेलिएको आफ्नो पहिलो प्रतिस्पर्धा अघि राष्ट्रिय गीत गाउन अस्वीकार गरेको थियो ।
इरानमा १० हप्ता अघि महसा अमिनी नामकी एक २२ वर्षीय युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशभरी प्रदर्शन भइरहेको छ ।
युवतीले राम्रोसँग हिजाब नलगाएको भन्दै उनलाई हिरासतमा लिइएको दाबी गरिएको छ । यद्यपि, इरानी प्रशासनले भने अमिनीको मृत्यु हृदयाघातका कारण भएको थियो ।