ब्रिटेन नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा दीपक भट्टराई

१ वर्ष अगाडि

डायस्पोरा नेपाल


लन्डन। बेलायतमा कार्यरत नेपाली मूलका कानून व्यवसायीहरुको संस्था ब्रिटेन नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा सोलिसिटर दीपक भट्टराई चयन भएका छन् । शनिबार सेन्ट्रल लन्डनस्थित सोआस् युनिभर्सिटी अफ लण्डनमा सम्पन्न एशोसिएसनको चौथो अधिवेसनले सोलिसिटर भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सोलिसिटर उत्तरमान तिगेला, सचिवमा सोलिसिटर जिनिता पन्धक, सहसचिवमा प्रकाश पोखरेल सहसचिव, कोषाध्यक्षमा सोलिसिटर सरिता घर्ती मगर, सहकोषाध्यक्षमा सोलिसिटर रोजन भण्डारी सहकोषाध्यक्ष तथा सदस्यहरुमा सोलिसिटरहरु विष्णु बुढाथोकी र विपिन रेग्मी रहेका छन्।
निर्वाचनको प्रक्रियामा निर्वाचन आयुक्तको भूमिका शिवजी श्रेष्ठले निर्वाह गरेका थिए।
एशोसिएसनका निवर्तमान अध्यक्ष ब्यारिष्टर देवेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा झन्डै तीन दर्जन बेलायतस्थित नेपाली कानून व्यवसायी सहभागी थिए ।
अध्यक्ष भट्टराई बेलायतमा स्थापित नेपाली कानून व्यवसायी हुन्। करिब १५ वर्षदेखि कानुन व्यवसायमा आवद्ध छन् । कानून व्यवसायीहरुको संगठन, क्षमता विकाससंगै स्थानीय नेपाली समुदायसँगको सहयोग र सहकार्य प्रवर्द्धन हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतको न्याय प्रणालीको बारेमा चर्चा गरेका थिए । ब्यारिष्टर समेत रहेका प्रा डा सूर्यप्रसाद सुवेदी (क्यूसी)ले नेपाल बेलायत सम्बन्धका बारेमा साथै ब्यारिस्टर राफेल जेसुरम र केसी टिम बार्न्सले गोरखाहरुको कानुनी लडाइँका र बेलायतको क्रिमिनल लका बारेमा मन्तव्य दिएका थिए ।

प्रा डा सुवेदीले बेलायत र नेपाल दुवै देशले सो देशमा लगानी गर्ने नेपाली तथा बेलायती नागरिकहरुको लगानीको सुरक्षा सम्बन्धमा प्रतिवद्धता व्यक्त गरेकाले बेलायतमा रहेका नेपालीहरुले नेपालमा गरिएको लगानीमा क्षति पुगेमा सोको क्षतिपूर्तिका लागि कानुनी अधिकार प्रयोग गर्नसक्ने बताए ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेलले जुममार्फत नेपालबाट सम्बोधन गरेका थिए ।
कार्यक्रम निवर्तमान महासचिव तथा अधिवक्ता अमृत खरेल र सचिव जिनिता पन्धाकले सन्चालन गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal